Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ११ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं, साउन ११ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिक गेम्सको छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको छ ।

एनओसीले सम्बन्धित खेल संघको सिफारिसको आधारमा खेलाडी छनोट गरेको हो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले स्विकृत गरेको छ । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ ।

arkhala ads

छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्टसका दीपक लामा (बि ब्वाइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजी मुनि) स्पर्धामा हुनुहुन्छ । छात्रवृत्ति अन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० अमेरिकी डलर प्राप्त गर्नेछन् । यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ ।

ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, विमा, स्वास्थ्य परिक्षणदेखि तयारीको विभिन्न प्रक्रियामा खर्च गरिनेछ । एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ । यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न सहयोग गर्नेछ ।’ आईओसीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस्तो प्रकारको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved