‘नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र’ : बर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् । उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिए । केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको […]

कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परिक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […]

प्रेस युनियनमा लम्साल जित नजिक

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी छ । ९७३ मत गनिसक्दा अध्यक्षमा संस्थापनइतरका शिव लम्सालले अग्रता कायमै राखेका छन् । लम्सालले ५२४ मत ल्याउँदा प्रतिद्वन्द्वी संस्थापन पक्षकी अनिता विन्दुले ४२६ मत ल्याएर पछ्याइरहेकी छन् । जम्मा १३९७ मत खसेको थियो । अब ४२४ मत […]

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो। प्रहरीका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। बस सडकबाट करिब सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको […]

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, साउन ८ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आज (आइतबार) को बैठक १५ मिनेटका लागि स्थगित भएको छ। कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए/नभएको निर्क्याेल गर्न सभामुख अग्निप्रसाद सापकाेटासँग आग्रह गरेका थिए। त्यसपछि सभामुख सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिए। गणपूरक संख्या नपुगेकाे […]

बुटवलबाट ठगीको आरोपमा डेढ सय युवा युवती पक्राउ

बुटवल । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ । तिलोत्तको जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । चिनियाँ र भारतीय नागरिक समेतको […]

झापामा एउटै रुखमा झुन्डिएर तीनजना किशोरीले गरे सामूहिक आत्महत्या

झापा, साउन ८ । झापामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । जिल्लाको कचनकवल गाउँपालिका- ५ स्थित सुनकोसी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गैंडाकोट नगर कमिटी गठन

गैंडाकोट । नवलपुरको गैंडाकोटमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी गठन गरेका छ्न । एकेडेमीले नर बहादुर थापाको अध्यक्षतामा कमिटी गठन गरेको हो । एकेडेमीको उपाध्यक्षमा एकराज थापा, सचिवमा ऋषि गौतम र कोषाध्यक्षमा दुर्गा तामाङ लगायत १९ सदस्यीय नगर कमिटी गठन गरेका हुन । सर्वसहमतीमा चयन भएका कमिटीका सम्पुर्ण सदस्यहरुको सफल कार्यकालको शुभकामनासमेत एकेडेमीले व्यक्त […]

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौ, साउन ८ । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, साउन ८ । आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । […]