Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भिस्वा नाका बन्यो तस्करहरूको अखडा, सम्बन्धित निकाय रकममा लिप्त

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | मध्यान्ह ०५:०४ बजे

बीरगंज १० श्रावण । पर्सा जिल्लाको ग्रामीण मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाका तस्करहरूको अखडामा परिणत भएपनि सम्बन्धित निकाय रकममा लिप्त भएका छन । जिल्लाको दोश्रो मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट दिनहु करोडौको मालसामान अबैध तरिकाले आयात निर्यात भइरहेपनि स्थानीयदेखि जिल्लाका प्रहरीहरू समेत रकममा लिप्त हुने गरेको पाइएको हो ।

स्थानीय प्रहरीको सहयोगमा ठुला बडा तस्करका समुहहरूले आफ्नो अबैध तरिकाको कार्यलाइ निरन्तरता दिनको निम्ति प्रहरी प्रशासनलाइ ठुलो रकमको नजराना बुझाए पश्चात मुखदर्शक बन्न पुगेको स्थानीयहरूले नै बताएका छन । एक जना स्थानीयका अनुसार जिल्लाका सबै नामूद तस्कर भिस्वा नाकाकै प्रयोग गर्न थालिएको बताए । बिगत केहि दिनदेखि भारतीय एसएसबिले उक्त नाकामा निगरानि बढाएको कारण बन्द रहेको तस्करीको लाइन पुन: सुचारू भएको, उनले बताए । भारतीय एसएसबिले ग्रीन सिग्नल दिनासाथ नेपालतर्फका प्रहरीलाइ ठुलै रकम बाडफाड भएको उनले आरोप लगाए ।

arkhala ads

प्रहरी चौकी भिस्वाको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरिक्षक नरेश शाहीले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाख सम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ ।

सो क्षेत्रबाट तस्करीका साथ साथै अवैध लोकल मदिरा भठ्ठीहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज शाहीलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

यता भिस्वा नाका लगायत सबै नाकाबाट तस्करीको लाइन बन्द रहेको दाबि गर्ने प्रहरी प्रमुखहरूको आदेशलाइ धज्जि उडाउदै तस्करीको लाइन सुचारू भएको छ । तस्करीको लाइन पुन: सुचारू भएको दुइदिन बिति सक्दापनि प्रहरी प्रमुखहरूको मौनताले ठुलै प्रश्न चिन्ह खडा गरेको छ । तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved