Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कसरी बाहिरियो ६ दिनमा बैंकबाट ६३ अर्ब रुपैयाँ ?

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | मध्यान्ह ०२:०४ बजे

काठमाडौ । नेपाल बैंकर्स संघले सोमबार अपत्यारिलो रिपोर्ट सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८/७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ । जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको देखाइएको छ ।

arkhala ads

तर, ६ दिनमा ६३ अर्ब रुपैयाँ कसरी बाहिरियो ? बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी असार मसान्तमा डिपोजिट बढ्नु र साउनको पहिलो हप्ता फेरि उसै गरी घट्नु स्वाभाविक नै रहेको बताउँछन् । तर, यस पटक अलिक धेरै नै घटेकोमा भने विभिन्न कारणहरू हुनसक्ने उनको भनाइ छ । ‘गत वर्षहरूमा पनि आर्थिक वर्षको अन्तमा ह्वातै डिपोजिट बढ्ने र नयाँ आर्थिक वर्षको सुरुवातमा घट्ने गरेकै हो ।

यस पटक पनि यस्तै भएको छ । तर, यति ठूलो अमाउन्ट एकै पटक घटेकोमा भने केही कारणहरू अवश्य छन् ।’ केसीले भने, ‘प्रमुखतः यस पटक अघिल्लो आर्थिक वर्षमा हुन नसकेको पेमेन्ट नेपाल आयल निगमले एकै पटक गर्दा बैङ्कबाट डिपोजिट बाहिरिएको देखिन्छ । अर्को तर्फ स्थानीय तहहरूको निक्षेप परिचालन हुँदा पनि केही डिपोजिट घटेको छ र कन्ट्राक्टरहरुले असार मसान्तसम्म गरेको डिपोजिट विथड्र (झिक्दा) पनि बैङ्कहरूको डिपोजिट घटेको छ’ केसीले भने । कतै बैङ्कहरूले राम्रो कलेक्सन देखाउन आर्थिक वर्षको अन्तमा ठूलो डिपोजिट भएको गलत तथ्याङ्क त पेश गरेका होइनन् ? भन्ने हाम्रो जिज्ञासामा सीईओ केसीले त्यस्तो नभएको तर्क गरे ।

‘यस्तो त होइन, तर आर्थिक वर्षको अन्तमा सबै हिसाबकिताब क्लोज हुने हुँदा बैङ्कमा डिपोजिट बढेको हो । तर, अर्को आर्थिक वर्ष सुरु भएसँगै पुनः डिपोजिटरहरुले पैसा झिक्दा वा ट्रान्जिट गर्दा घट्न पुगेको हो । यसलाई स्वाभाविक मान्नुपर्छ’ उनले भने । बैंकर्स संघको रिपोर्ट अनुसार साउन ६ गतेसम्म बैङ्कहरूबाट ६३ अर्ब रुपैयाँ बाहिरिँदै कुल डिपोजिट (निक्षेप) ४४ खर्ब ७८ अर्बमा झरेको छ भने कर्जा लगानी (लेन्डिङ) १० अर्बले घट्दै ४१ खर्ब ६५ अर्बमा झरेको छ । गत असार मसान्तसम्म बैङ्कहरूको यस्तो डिपोजिट र लेन्डिङ क्रमशः ४५ खर्ब ४१ अर्ब र ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved