काठमाडौं, साउन १० । गृह मन्त्रालयले सबै सरकारी निकायलाई सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।




मंगलबार गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज पनि सुरक्षित रहने जनाएको छ । सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्ने छ ।




सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले जनाएको छ ।















