Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दाङ तुलसीपुरमा अपहरण गर्ने ६ जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | मध्यान्ह ०९:०४ बजे

दाङ, १० साउन । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ बर्षीय लिला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर ६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।

arkhala ads

उनिहरुले निर्मलालाई प्रयोग गरेर उनीहरुले अपहरण गरेका हुन् । केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याईएको हो । दाङ ल्याएपछि तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखिएको थियो । त्यसपछि पैसा माग्नका लागि उनले दैलेखस्थित श्रीमतिलाई भनेर श्रीमतिले इप्रका तुलसीपुरलाई फोन गरेपछि डीएसपी अर्यालको कमान्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरुलाइ मंगलबार साझ ५ बजेतिर नियन्त्रणमा लिएको हो ।

सुकलाल, मनोज र पीडित केशवबीच लेनदेनको कुरा थियो । उनीहरु विदेश संगै बसेको र लेनदेनको कुरा भएकाले त्यो मिलान नभएपछि अपहरणको अबस्था सिर्जना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved