धनगढीबाट स्रोत नखुलेको साढे १७ लाख ६६ हजार रुपैयाँसहित दुई जना पक्राउ

कैलाली, साउन ७ । सशस्त्र प्रहरी बलले धनगढीको सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – १ शान्तिनगरका १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी […]

नागरिकता विधेयक नागरिकको हितमा छैन : प्रदिप ज्ञवाली

रुपन्देही, साउन ७ । नेकपा (एमाले) का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए । उनले भने -“राज्य व्यवस्था समितिमा जुटेको […]

पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

चितवन, साउन ७ । पहिराे खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । चितवन इच्छाकामना गाउँपालिका – ५ काे खहरेखोला भन्ने स्थानमा आज बिहान करिब ८:१० बजेको समयमा ढुङगा र माटोसहितको पहिरो खसेर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका […]

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

ताप्लेजुङ, साउन ७ । ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीले ज्यान गुमाएकी छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका – ९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले शुक्रबार आफ्नी ५४ वर्षीया श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् । घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले भनाइ छ । बलबहादुरलाई नियन्त्रणमा […]

सशस्त्र प्रहरीको ठुलो सफलता:ट्रक सहित लागुऔषध गाजा बरामद

बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो मात्रामा लागु औषध सहित ट्रक बरामद गरेको छ । १ सय ५० किलोग्राम लागु औषध गाजा बोकेको ट्रक भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो । बिशेष सुचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल छिन्नामस्ता २ नम्बर बाहिनीबाट […]

विभिन्न मागहरु राख्दै काठमाडौमा राप्रपा नेपालको विरोध प्रदर्शन

काठमाडौं, साउन ६ । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज गर्न, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्न, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गर्न, रोजगारीको सुनिश्चितता गर्न, महङ्गी र कालोबजारी नियन्त्रण गर्न, वैदेशिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै माईतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् । […]

भारत लैजाँदै गरेको आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

विराटनगर, साउन ६ । प्रहरीले भारत लैजान लागिएको ८ ट्रक सुपारी नियन्त्रणमा लिएको छ । बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको साढे आठ करोड रूपैयाँभन्दा बढीको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ […]

आला हजरत नेशनल लाइब्रेरीको स्थापना सराहनीय छ : इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां

नवलपरासी, साउन ६ । दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेशनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरी लाइब्रेरीको स्थापना गरेको हो । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका […]

प्रतिनिधिसभामा आज नागरिकता सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ । प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ । आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ रहेको छ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल […]

अदालतको आदेशमा रोकियो पोखरा फूलबारी रिसोर्टको लिलामी

पोखरा । पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया अदालतको आदेशमा स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण दिने बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको लागि गोप्य […]