Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

झापामा तीन किशोरी मृत्यु प्रकरण : घटनाको कारण खोज्दै प्रहरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १०, मंगलवार ११:०९ बजे प्रकाशित

झापा । एउटै रूखमा तीन किशोरी एकैपटक किन झुन्डिए भन्दै नेपाल प्रहरी अनुसन्धानमा जुटेको छ। झापाको कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी आइतबार बिहान साढे ७ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

एकै परिवारका नभई अलग–अलग परिवारका तीन जना किशोरी एकैपटक जीवन त्याग्नेबारे कसरी सहमति जुटाए होलान् भन्दै प्रहरी र स्थानीय पनि आश्चर्य चकित परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले बताए। ‘घटनास्थलमा मेरै नेतृत्वमा टोली पुगेर सबै कानुनी प्रक्रिया गरी शवलाई रूखबाट निकालेर शव परीक्षणका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका हौं,’ डीएसपी पाठकले भने, ‘ती किशोरीहरूको शवको पोस्टमार्टम गरी परिवारलाई आइतबार राति नै शव जिम्मा लगाइसकेका छौं।’ धरानबाट पोस्टमार्टमको आधिकारिक रिपोर्ट भने नपाएको प्रहरीले जनाएको छ।

arkhala ads

‘शवहरूको पोस्टमार्टम गर्ने चिकित्सकलाई सम्पर्क गर्दा आत्महत्याबाहेक अन्य कुनै कारण देखा नपरेको जानकारी प्राप्त भयो,’ उनले भने, ‘आत्महत्याको कारण खोज्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानी टोली आइतबारदेखि नै खटाइएको छ। घटनाको प्रकृति हेर्दा अनौठो छ। सायद नेपालमै यस्तो घटना पहिलो हुनुपर्छ।’

घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला नपरेको उनले जानकारी दिए। उनले भने, ‘ती किशोरीसँग काम गर्ने अन्य महिला मजदुरसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।’ यता तीनै किशोरीको छुट्टाछुट्टै समयमा दाहसंस्कार गरिएको छ। सोमबार राति १ बजे धरानबाट तीनै जनाको शव आएको थियो। अञ्जलीको दाहसंस्कार मेची नदी किनारमा राति नै गरिएको थियो। करिना र कल्पनाको झिङ खोला किनारमा सोमबार बिहान अलग–अलग समयमा गरिएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

अञ्जलीको क्रियामा उनका दाजु धमेन्द्र गणेश, कल्पनाको क्रियामा उनका दाजुकुमार गणेश र करिनाको क्रियामा उनका बुबा पुवालु गणेश बसेका छन्। तीनै किशोरीका परिवार अत्यन्त गरिब समुदायको हो। ती परिवारलाई क्रिया गर्ने खर्च पनि अभाव देखिएको छ। गाउँपालिकाले सोमबार ती परिवारहरूको घरमै पुगेर एक–एक बोरा चामल, २/२ केजी दाल, नुन र तेल दिएको गाउँपालिकाका उपाध्यक्ष भट्टराईले बताए।
शव पोस्टमार्टमका लागि धरान पठाएको तीनवटा गाडीको खर्च गाउँपालिकाले बेहोरेको बताउँदै उनले भने, ‘छिट्टै ती परिवारलाई गाउँपालिकाले उचित नगद हस्तान्तरण गर्नेछ।’ अन्नपूर्ण पोष्टबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved