Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रुपन्देहीको कल सेन्टरबाट अवैध कारोबार गर्ने २५८ जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ९ | मध्यान्ह ०८:०४ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमामा आइतबार कल सेन्टरका नाममा भएको अवैध कारोबारको जालो खोज्न नेपाल प्रहरीले विशेष अनुसन्धान गर्ने भएको छ । ब्लु स्काई विजेनश सोलुसन प्रा.लि (कल सेन्टर) नामक यो संस्थाबाट २ सय ५८ जना कर्मचारीले दैनिक करोडौँको कारोबार गरेको भेटिए पनि उनीहरूलाई दिने सेवा सुविधा कसरी दिइएको थियो भन्ने खुलेको छैन ।

भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालित रहेको यो कार्यालयबाट दैनिक सयौँ सर्वसाधारणलाई एप्लिकेसनको प्रयोग गरी गैरकानूनी कारोबार, ठगी तथा ब्ल्याक मेलिङ्ग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यहाँ काम गर्ने २ सय ५८ युवायुवती नियन्त्रणमा लिएसँगै दैनिक करोडभन्दा बढी ट्रान्जेक्सन हुने गरेको खुले पनि यसको जालो पत्ता लगाउन प्रहरीले चासो दिएको हो ।

arkhala ads

आइतबार पक्राउ परेकामध्ये मुख्य नाइके भारतीय नागरिक निरञ्जन कुमार हुन् । उनीसहित पक्राउ परेका अन्य ८ जना नेपालीलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए । निरञ्जन कुमारले मुख्य कार्यालय चीनमा रहेको बताएकाले पनि प्रहरीले यसको जालो खोज्न सुरु गरेको हो ।

रुपन्देहीमा खोलिएको उक्त कल सेन्टरबाट भारतीय नागरिकलाई ठगी गरेको पाइए पनि त्यस्तो ठगीबाट कति रकम संकलन भयो र रकम कसले लिएको छ भन्ने पत्ता लगाउन कठिन छ । धेरै कर्मचारी रहे पनि उनीहरूको तलब बापतको रकमबाहेक अन्य कति रकम दैनिक उठ्यो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरूले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरूले काम गरेको बताए पनि उक्त कल सेन्टरको मुखिया को हो भन्ने पत्ता लाग्न सकेको छैन ।

प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालय मात्रै भएको तथ्य भेटिएकाले यसको मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्नका लागि सीआईबीको टोलीले थप अनुसन्धान गर्ने भएको हो ।

अहिले पक्राउ परेकाहरूले मौखिक जवाफ दिएकाले उनीहरूले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठग बहादुर केसीले यस अनलाईनलाई बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved