चुम्लिङटारमा बस र विङ्गनर गाडी दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं–३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र विङ्गनर गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गनर गाडी बिहीबार बेलुकी ५ः२० […]
भेटिएनन् स्वास्थ्यकर्मी, खोला किनारमा शिशुलाई जन्म दिन बाध्य

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालका-२ की ३५ वर्षीया कार्तिका विक गर्भवती थिइन्। बिहीबार दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लागेपछि आफन्तले गाउँबाट नजिकैको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्याएका थिए। तर अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी भेटिएनन्। यसपछि आफन्तले उनलाई घरमै फर्काउने योजना बनाए। घर फर्कंदा झन् बढी सताउन थाल्यो। माझगाउँ स्वास्थ्य इकाईमा स्वाथ्यकर्मी नभएपछि आफन्तले कार्तिकालाई […]
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

बुटवल । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि […]
पूर्वी नवलपरासीको कावासोतीमा बस पल्टियो, ११ जना घाइते

नवलपुर, साउन ५ । पूर्वी नवलपरासी (बर्दघाट-सुस्ता) को कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ५५६३ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको हो । दुर्घटनामा परेर चितवनका ४१ बर्षीय मन्दिरा ढुङगाना,२२ बर्षिय ज्योती ढुङगाना, नवलपुर देवचुली ३ क ३१ बर्षीय झरना पराजुली, ४ बर्षीय […]
जनता टिभीका पत्रकार र कर्मचारीको आन्दोलनमा

काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । उनीहरुले आज टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन । प्रारम्भिक चरणको आन्दोलनमा कार्यालयमा धर्ना […]
जनता आवास कार्यक्रमको बजेटमा नेतादेखि कार्यालय प्रमुखको रजाई

वीरगन्ज ५ साउन । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरुमा व्यापक भ्रष्टाचारी भएको पाइएको छ । यस कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २८ वगही स्थित निर्माण भइरहेको घरहरुमा कमशल सामाग्री प्रयोग गर्नु तथा असार महिनामा निर्माण कार्यको धमाधम कार्यादेश जारी गर्नुले यो भ्रष्टाचार गर्नकै लागि निर्माण भइरहेको सहजै बुझ्न सकिन्छ । वर्षौदेखि फुसको […]
गोदाममा प्रहरीको छापा, एक करोडको अवैध सामानसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको चाबेलस्थित एक गोदाममा प्रहरीले छापा मारेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारी गोदामबाट एक करोड रुपैयाँबराबरको ‘अवैध’ सामान बरामद गरेको छ । उक्त कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार गोदामबाट विभिन्न ब्रान्डका चुरोट, गुट्खा, अक्सिमिटरलगायत अवैध सामग्री बरामद गरिएको हो । अवैध पटाका समेत बरामद गरिएको छ । […]
प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

हेटौंडा, साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए। युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने […]
सर्लाहीमा लागुऔषधसहित २ जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिवन-९ दनुवारीबाट ना.२०प ९३७ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा छन् । उनीहरूको […]
पोखराका मेयर धनराज आचार्यको सम्पत्ति : खुद सम्पत्ति ४३ करोड, ५४ तोला सुन, ५ तोला हिरा

पोखरा, साउन ४ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मेयर आचार्यले बुधबार महानगरपालिकाको वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर सार्वजनिक गरेका हुन् । उनले अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको जानकारी दिएका छन् । सार्वजनिक गरेको […]
