काठमाडौं, साउन ९ । सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।




राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।




भूकम्पको धक्का काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । क्षतिबारे कुनै विवरण प्राप्त भइसकेको छैन ।















