Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ९ | बिहान ०७:०४ बजे

काठमाडौं, साउन ९ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले ७४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले भने ६१२ मत ल्याएकी थिइन् । लम्साल संस्थापनइतर र अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतसहित निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्दी सरोज अधिकारी ६६५ मत ल्याएर पराजित भएका हुन् । अधिकारी पनि संस्थापन पक्षका हुन् । उपाध्यक्ष खुलातर्फ २ पदका लागि नकुल अर्याल ७७५ मत र भीष्मराज ओझा ६४० मतसहित निर्वाचित भए । नकुल संस्थापन इतरका हुन् । ओझा भने संस्थापन पक्षका हुन् । उपाध्यक्षतर्फका उम्मेदवारहरू राममणि दाहाल र शेखर रेग्मी भने पराजित भए ।

arkhala ads

यस्तै उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल ७२० मतसहित निर्वाचित भइन् । उनका प्रतिद्वन्दी कल्पना शर्मा ६१९ मत ल्याएर पराजित भइन् । सलोजा संस्थापनइतरकी हुन् । उपाध्यक्ष समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष प्रदेश नम्बर १ तर्फ डिल्लीराम खतिवडा ५६० मतसहित र मधेश प्रदेशतर्फ अनिल कर्ण ६४८ मतसहित निर्वाचित भए ।

बागमती प्रदेश उपाध्यक्षमा मुरारी अधिकारी, गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधवप्रसाद अर्याल, कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की र सुदूरपश्चिमको उपाध्यक्षमा प्रेम चुनारा निर्वाचित भएका छन् । अधिकारी ६७१ मत, पौडेल ६७३ मत, अर्याल ७०१ मत, कार्की ६६९ मत र चुनारा ५५२ मतसहित निर्वाचित भएका हुन् । उपाध्यक्ष उपत्यकातर्फ जीवन भण्डारी ८४२ मतसहित निर्वाचित भएका छन् ।

महासचिवमा दिलिप पौडेल ८७८ मतसहित निर्वाचित हुँदा जगन्नाथ दुलालले ४५१ मतमात्रै ल्याए । दिलिप संस्थापनइतरका हुन् । उनी गगन थापानिकट मानिन्छन् । दुलाल भने प्रकाशमान सिंह र विश्वप्रकाश शर्मानिकट मानिन्छन् । उपमहासचिव खुलातर्फ ३ पदमा कमल पन्तको ५७७ मत, युवराज गौतमको ७३७ मत र रवीन्द्र सुवेदीको ५५८ मतसहित निर्वाचित भएका छन् ।

यस्तै उपमहासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी ६८१ मत र सुलोचना गौतम ६९० मतसहित निर्वाचित भएका छन् । दिलिपाश्री संस्थापननिकट हुन् । उपमहासचिव समावेशीतर्फ अभयकुमार राई ७१३ मतसहित निर्वाचित भएका छन् । सचिव खुला चार पदका लागि केदारप्रसाद दाहाल ६७७ मत, खगेन्द्र भण्डारी ६४८ मत, तीर्थराज बस्नेत ५८० मत र भुवन शर्मा ६३७ मतकासाथ निर्वाचित भएका छन् ।

सचिव महिला ३ पदमा पुष्पा शर्मा ६४४, मेनुका ढुंगाना ८०१ र रेजिना गौतम ६३९ मतसहित निर्वाचित भए । सचिव आदिवासी जनजातितर्फ लालकुमार मोक्तान ७४१ मतसहित निर्वाचित भए । सचिव मधेशीतर्फ अजित तिवारी, सचिव दलिततर्फ राजन रूचाल, सचिव पिछडिएको क्षेत्रतर्फ एलपी देवकोटा, सचिव थारूतर्फ सहदेव चौधरी, सचिव खसआर्यतर्फ युवराज रेग्मी निर्वाचित भए ।

साथै सचिव अनलाइन माध्यमतर्फ छायाचन्द्र भण्डारी, सचिव रेडियो माध्यमतर्फ नरहरि सापकोटा, सचिव टेलिभिजनतर्फ अशोककुमार तिवारी, सचिव छापा माध्यमतर्फ राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धितालले निकटम प्रतिद्वन्दी रमेश वाग्लेलाई पराजित गर्दै ६७४ मतसहित निर्वाचित भए । वाग्ले संस्थापनइतरका उम्मेदवार हुन् भने धिताल संस्थापन पक्षका हुन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved