Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

फेसबुकमा निजि फोटो दुरुपयाेग गरी ब्ल्याकमेलिङ गरेर बलात्कारको प्रयास, दुई युवक पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण ९, सोमबार ०६:०३ बजे प्रकाशित

रुपन्देही । रुपन्देहीमा एक युवतीको निजि फोटो दुरुपयोग गरी ब्ल्याकमेलिङ गरेर जबरजस्ती करणी गर्न खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा युवतीको निजि फोटो राखेर बेइज्जत गरिदिने धम्की दिँदै भेट्न बोलाएर जबरजस्ती करणी प्रयास गरेको आरोपमा गैंडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र गैंडहवा गाउँपालिका–१ का १७ वर्षीय युवक पक्राउ परेका हुन् ।

arkhala ads

करिब डेढ वर्ष पहिले ती युवतीले आफ्नो मोबाइलमा खिचेका निजी फोटोहरु फेसबुक आईडी चलाउने व्यक्तिले फेला पारेर युवतीको बहिनीलाई पठाएको र त्यसैबाट उनीहरुले डाउनलोड गरी ब्ल्याकमेलिङ गरेको प्रहरीको भनाइ छ । उनीहरुले ती युवतीको फोटो बहिनीलाई पठाउँदै आफूले भने जस्तो गर्न नमानेमा फेसबुकमा भाइरल गराइदिएर बेइज्जत गरिदिने भन्दै बार्गेनिङ गरेको पीडितको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

‘इज्जत बचाउने हो भने आफूले भने जस्तो गर अन्यथा फोटो सार्वजनिक गरिदिन्छु’ भन्दै बहिनीलाई धम्कीपूर्ण म्यासेज र फोन गर्न थालेपछि बदनाम हुने डरले ती युवती भेट्न गएको पाइएको मरासिनीले जानकारी दिए । युवाहरुको धम्कीपछि साउन ७ गते साँझ पौने आठ बजेतिर सैनामैना नगरपालिकाको कलौनीमा पुगेकी ती युवतीले उनीहरुलाई भेटी फोटो डिलिट गर्न आग्रह गरेको र उनीहरुले अलि पर गएर डिलिट गरौंला भन्दै कञ्चन गाउँपालिकाको हात्तीबजार लगेको प्रहरीको भनाइ छ ।

उनीहरुले फोटो डिलिट गरिदिने भन्दै अटोमा हालेर कलौनीदेखि दुई किलोमिटर तल कञ्चन गाउँपालिकाको हात्तीबजारमा लगेर जबरजस्ती करणीको प्रयास गरेको र त्यसपछि युवती भाग्दै गर्दा गस्ती प्रहरीले फेला पारेर उद्धार गरेको मरासिनीले बताए । युवतीको बयानपछि युवकहरुको खोजीमा खटिएको प्रहरीले राति १ बजेतिर सैनामैना नगरपालिका– ७ देउवापारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

कण्डमसहित पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved