Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जानकी टोला नाका हुदै तस्करीका साथै हुन्डी कारोवारमा बढोत्तरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | मध्यान्ह ०२:०४ बजे

वीरगंज १० श्रावण । पर्साको ग्रामिण भेगमा पर्ने जानकी टोला नाका हुदै व्यापक रुपमा तस्करीको कार्य बढ्दै गएपनि सम्बन्धीत निकाय मुकदर्शक बनेका छन । प्रहरी चौकी जानकी टोलाका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक रंजन सिंहको सहयोग र संरक्षणमा तस्करी कार्य बढ्दै गएपनि सम्बन्धीत नै मुकदर्शक बन्न पुगेको हो ।

प्रहरी संगठनमा आफ्नो पहुच राम्रै भएको र नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि धिरज प्रताप सिंह संग समेत पहुच भएको बताउदै जानकी टोला नाकाबाट खुल्याम रुपमा तस्करी कार्यको लाइन दिइएको बताइन्छ । पटक पटक पर्सा जिल्लाबाट लखेटिएका बरिष्ठ प्रहरी नायब निरीक्षक सिंहले आफ्नो पावरको प्रयोग गर्दै पुनः पर्सा जिल्लामै आउने गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएको दुई हप्ता नबितिदै प्रहरी चौकी जानकी टोला जान सफल भएका रंजन सिंहले नामुद तस्करहरुलाई तस्करीको लाइन दिएको प्रहरी श्रोतले नै बताएका छन ।

arkhala ads

प्रहरी चौकी जानकी टोला श्रोतका अनुसार पर्सा जिल्लाकै नामुद भैसी तस्कर महादेव भनिने तथा आफ्रोज, महेश नाम गरेको ठुला वडा तस्करीको लाइन दिइएको बताए । भारतबाट अवैध तरिकाले चौपाया, चल्ला, कपडा, हार्डवेयर लगायतको तस्करीको लाइन सुचारु भएको, उनले बताए । यति मात्र नभई उक्त नाका हुदै हुन्डी कारोवारलाई समेत तिब्रता दिएको बताए । वीरगंजको मुल सडकबाट काम गर्दै आएका हुन्डी कारोवारलाई समेत उक्त नाकाबाट काम गर्न सहज भएको श्रोतले जानकारी दिनुभयो । उनका अनुसार केही दिन अगाडी भारतको खमिया इनर्वा हुदै नेपालतर्फ लिएर आउदै गरेको करिब १५ लाख रुपैया बरामद गरेपनि सेटिङ मिलाएर छोडिएको आरोप लगाए ।

आफ्नो पहुच राम्रो भएको घमण्ड बताउदै जिल्लाका प्रमुखले समेत आफुलाई चलाउन नसक्ने दावी गर्दै हुन्डी कारोवार गर्ने सहित रकम छोडिएको श्रोतले दावी गरे । हुन्डी कारोवार गर्ने गिरोह जानकी टोला नाकामा सकृय रहेपनि बरिष्ट प्रहरी नायब निरीक्षक रंजन सिंहकै इशारामा काम गर्ने गरेको, उनले बताए ।

यता एक जना जिल्ला प्रहरी कार्यालय श्रोतका अनुसार प्रहरीहरुको यस्तै रवैयाका कारण राम्रो काम गरेर देखाउन नसकेको बताए । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत घुमुवा प्रहरीहरु मध्ये अधिकांश प्रहरीहरु पुरानो नै रहेका छन । जस कारण हुन्डी कारोवारदेखी ठुला वडा तस्कर लगायत स—साना तस्करहरुलाई समेत चिनिने गरेको र साटघाट हुने गरेको कारण काम गर्न असहज भएको श्रोतले बताए । प्रहरी संगठनमा राम्रो पहुच भएको फुर्ती देखाउदै कतिपय प्रहरीहरु करिब १० बर्षदेखी वीरगंजमा नै कार्यरत रहेको, उनले बताए । यस बिषयमा सम्बन्धीत निकायले समयमै ध्यान नपुरयाए प्रहरी संगठनको नीति निर्देशन र कार्य माथि नै प्रश्ण उठ्न बेर लाग्दैन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved