साफ यु-२० : नेपालले आज श्रीलंकाको सामना गर्ने

काठमाडौ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु(२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । […]
आयोगले थाल्यो आगामी निर्वाचनको आन्तरिक तयारी

काठमाडौं, साउन ११ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आन्तरिक तयारी शुरु गरिसकेको जनाएको छ । यसका लागि दुवै निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिश गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। आयोगले आगामी मंसिर ४ गते निर्वाचनको मिति तोक्न सिफारिश गरेको उनले बताए। ‘हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ,’ […]
आज काठमाडौंसहित देशभर वर्षाको सम्भावना

काठमाडौं, साउन ११ । मनसुनी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। अहिले प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी, […]
एसइईको नतिजा आज प्रकाशन गरिँदै

काठमाडौं, साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आज प्रकाशन गर्ने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको छ । गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सम्मिलित […]
दाङ तुलसीपुरमा अपहरण गर्ने ६ जना पक्राउ

दाङ, १० साउन । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ […]
नवलपुरबाट प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

नवलपुर । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना युट्युबर नवलपुर कावासोतीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पुर्वका हुप्सेकोट गाउँपालिका – ३ बस्ने बर्ष २६ को प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाल रहेको प्रहरीले जनाएको छ । उनले बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना […]
सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, साउन १० । गृह मन्त्रालयले सबै सरकारी निकायलाई सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो । मंगलबार गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी […]
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौ । सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका […]
भिस्वा नाका बन्यो तस्करहरूको अखडा, सम्बन्धित निकाय रकममा लिप्त

बीरगंज १० श्रावण । पर्सा जिल्लाको ग्रामीण मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाका तस्करहरूको अखडामा परिणत भएपनि सम्बन्धित निकाय रकममा लिप्त भएका छन । जिल्लाको दोश्रो मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट दिनहु करोडौको मालसामान अबैध तरिकाले आयात निर्यात भइरहेपनि स्थानीयदेखि जिल्लाका प्रहरीहरू समेत रकममा लिप्त हुने गरेको पाइएको हो । स्थानीय प्रहरीको सहयोगमा ठुला […]
धाक धम्कीका साथ रामग्राम- ४ का वडा कार्यलयका सचिव विष्णु आलेले गर्छन् काम

नवलपरासी । केहि दिन पहिला सचिव वडामा नहुदा सोधपुछको क्रममा लगभग एक हप्ता देखि आफ्नो जग्गाको कामको सिलसिलामा घर गएको जानकारी आएपछि वडाका एक ब्यक्तिले फेसबुकमार्फत वडा बासीहरुलाई जानकारी गराउदा उक्त सचिव डिउटीमा आउदा उनको रवैया बदलेको देखिन्छ । तपाईको नाम ठेगाना लिष्टबाट हटाईदिन्छु र कहाँको हो भनेर चिनिन पनि छोड्छौ भनेर रामग्राम – ४ […]
