Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवनमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन सकस

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १२ | मध्यान्ह १२:०४ बजे

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीको भीड उस्तै छ । कार्यालय परिसरका पसल र मुख्य गेटअगाडिका पसलमा पनि त्यस्तै भीड छ । भीडमा भेटिन्छन् अधिकांश युवायुवती । भर्खरै प्लस टु पास गरेका युवायुवतीहरुको हातहातमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन् । सेवा अनलाइन भने पनि झ्यालबाट सेवा लिनेदिने शैली उस्तै छ । पसल अगाडिको भीडमा देखिनेहरु दुई उद्देश्यले झुम्मिएका छन्, पहिलो राष्ट्रिय परिचयपत्र बनाउन फाराम भर्ने र दोस्रो राहदानीका लागि फाराम भर्ने । सरकारले फाराम भर्नका लागि अनलाइन सुविधा दिएको छ, तर अधिकांश भर्न नसकेर पसलमा धाउने गरेका छन् । पसलेले पनि यही हो मौका भनेर जनही ३ सयदेखि ५ सय रूपैयाँसम्म लिने गरेको छ ।

जसोतसो अनलाइनमा फाराम भरेर प्रिन्ट गरी बाँकी काम गर्न फेरि कार्यालयमै पुग्नुपर्छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनमा पुस महिनासम्मको मिति पुगेको छ । तर, अत्यावश्यकको हकमा भने बाध्यता र कठिनाइ हेरेर प्रशासनले गाँठो फुकाउने काम गरिरहेको छ । सुरूमा फाराम भर्न पसलमा लाइन बसेका युवाहरु आफ्नो पालोअनुसारको मिति तोकिएपछि त्यसदिन पनि लाइनमा बस्न बाध्य हुन्छन् । परिचयपत्र बनेपछि राहदानीका लागि मिति लिन पुनः फाराम भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन चितवनले बेलुकी ४ बजेपछि केही मिनेट समय छुट्टयाएको छ । तर, त्यो समयमा जो पायो त्यसले फाराम दर्ता गर्न सक्दैन । दर्ता गरिदिन पुनः पसलेको सहारामा पुग्नुपर्छ । पसलेले त्यहाँ पनि निश्चित रकम लिन्छ । धेरै प्रयासपछि फाराम भरिन्छ तर भनेजस्तो छिटो मिति पाइँदैन । भनेको मितिमा आउँदा ९ बजेदेखि नै सेवाग्राहीको भीड लाग्छ ।

arkhala ads

फाराम रूजु, बैंक दस्तुर भुक्तान र फोटो खिच्ने कामका लागि ३ देखि ४ घन्टा नै बिताउनुपर्ने बाध्यता सेवाग्राहीको छ । पछि राहदानी बनेर लिन आउँदा पनि केही समय लाइन बस्नुपर्ने बाध्यता छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बसाइसराई र सहजताका कारण चितवनमा सेवाग्राही बढी हुने गरेको बताए । ‘फाँटमा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन प्रयास भएको छ’, उनले भने, ‘काममा सहजताका लागि अझै योजना बनाइरहेका छौँ । काम नभएर सेवाग्राही फर्किने अवस्था दिएका छैनौँ, कतिपय अवस्थामा हामीले नै जोखिम लिएर पनि व्यावहारिकताका आधारमा सेवा दिएका छौँ ।’

राहदानीका लागि आगामी अगस्त महिनासम्मका लागि फाराम बुकिङ भैसकेको जिल्ला प्रशासन राहदानी फाँटका अधिकृत ऋषिराम शर्माले यस अनलाईनलाई बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved