Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रुपन्देहीमा कल सेन्टरका व्यवस्थापक पक्राउ, सीआइबीको टोली ३ दिनपछि फिर्ता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १२ | मध्यान्ह ०८:०४ बजे

बुटवल । रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

arkhala ads

पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति भएको प्रहरीको भनाइ छ । कल सेन्टरबाट हुने अवैध धन्दामा उनको संलग्नता रहेको आशंकामा प्रहरीले सुरुमै पक्राउ गर्न खोजे पनि उनी फरार थिए । छापा मार्दा भारतको बिहार राज्यका निरञ्जन कुमारसहित दाङ, घोराही उपमहानगरपालिका–१३ का हिमाल बाठा मगरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो ।

घटनाबारे आवश्यकता अनुसार कल सेन्टरका अन्य २४० जना कर्मचारीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

कल सेन्टरबाट भएको ठगीबारे अनुसन्धान गर्न काठमाडौंबाट आएको सीआइबीको टोली ३ दिनपछि फिर्ता गएको छ । डीएसपीको कमान्डमा आएको दुई सदस्यीय टोलीले प्राविधिक पाटोको अनुसन्धान गरेर फर्किएको जनाइएको छ ।

टोलीले कल सेन्टरमा रहेका कम्प्युटर, मोबाइल आदिको अनुसन्धान गरेको छ । केही आवश्यक सामग्रीहरु सीआइबीको टोलीले थप अनुसन्धानका लागि काठमाडौं लगेको छ ।

कल सेन्टरमा प्रहरीले छापा मार्दा २५६ कम्प्युटर, ६ थान ल्यापटप लगायतका सामग्री बरामद गरेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved