कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो । गत सोमबारदेखि निरन्तर बसेको केन्द्रीय समिति बैठकमा नेताहरुको बोल्ने क्रम सकिएको छ । बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक […]
बालुवाटारमा गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरु पक्राउ

काठमाडौं, साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन नेविसंघ र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शन गरिएको छ । अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले राष्ट्र बैंकमा घेराउ गर्दै संयुक्त विरोध प्रदर्शन गरेका हुन् । आइतबार बिहान बालुवाटारमा ३ नम्बर गेटसँगै रहेको […]
नवलपरासी पिपरहवा चौकीका घुमुवा अमरेश यादव खुल्लेयाम असुली धन्दामा

रामजी प्रजापति नवलपरासी, साउन १ । पश्चिम नवलपरासीको पिपरहवा प्रहरी चौकीमा कार्यरत घुमुवा अमरेश यादव तस्करीहरुसंग अबैध पैसा असुली धन्दामा तत्लिन छन । असुल्ने बानी बसेका यादवले गर्दा सिंङ्गो नेपाल प्रहरीको बदनाम भएको छ । श्रोतका अनुसार बिगत ३ बर्षदेखी यादव नेपाल भारत बिचको सिमानामा डिउटी पारेर तस्करहरुसंग लाईन मिलाएर महिनावारी असुल धन्दा चलाई रहेका […]
हुप्सेकोट गाउँपालिकास्थित जुगेपानीमा पानीको हाहाकार

तिलु खोजेली मगर नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित जुगेपानीमा खानेपानीको अभाव भएको छ । बर्षको समयमा खाने पानीको अभावले हाहाकार मच्चिएको हो । केही समय यतादेखी नवलपुर जिल्लास्थित हुप्सेकोट गाउँपालिकाको वडा नम्बर – १ जुकेपानीमा खानेपानीको हाहाकार भएको हो । बर्षको समयमा पनि नजिकैको खोलामा समेत पानी सुक्न थालेपछि पिउने पानी, शौचालय तथा सरसफाईमा मात्र […]
काठमाडौमा कुहिने र नकुहिने फोहोर आजबाट छुट्टाछुट्टै दिन संकलन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलन गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ। कामपाले एक महिनाअघि […]
आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन १ । मनसुन वायुको प्रभावले आज देशका धेरै जसो भूभागमा हल्का वर्षा तथा मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश १ लगातयत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश […]
नयाँ आर्थिक वर्ष सुरु : आजदेखि लागू हुनेछन् यी व्यवस्था

काठमाडौ । आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने […]
आज प्रचण्डलाई भाजपाको मुख्यालयमा स्वागत गर्ने

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मुख्यालयमा स्वागत गर्ने भएको छ । शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्डले शनिबार विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च स्तरीय भेटघाट गरेका छन्। आज आइतबार प्रचण्डलाई दिनदयाल उपाध्याय मार्गस्थित मुख्यालयमा स्वागत गरिने भाजपाले जनाएको छ। […]
चितवनमा पत्रकार कुटपिटमा संलग्न विद्युत् प्राधिकरणका सात कर्मचारी प्रहरीको नियन्त्रणमा

चितवन, असार ३२ । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न सात जना विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरमा रहेको विद्युत् कार्यालयभित्र मदिरासहितको भोज चलिरहेको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका पत्रकार कृष्ण आचार्यमाथि केन्द्रका कर्मचारीहरुले कुटपिट गरेका थिए । कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट […]
भरतपुर विद्युत् कार्यालयभित्र पत्रकारमाथि हातपात

चितवन, असार ३२ । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा हातपात र दुर्व्यहार भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा र प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले दोषीलाई कारबाही गर्न माग गरेको छ । भरतपुरमा रहेको विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार […]
