काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २६ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेकाे हाे । आजको बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने बताइएकाे छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यसुची छ । यस्तै आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा […]
प्रहरी प्रधान कार्यालयको आदेशलाई धज्जि उडाउदै पर्सा प्रहरी

वीरगंज २६ असार । नेपाल प्रहरी प्रधान कार्यालयले जथाभावी काज सरुवाले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेपनि पर्सा प्रहरीले उक्त सर्कुलरको कुनै वास्ता नै नगरेको बताइन्छ । नेपाल प्रहरी प्रधान कार्यालयले काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेपनि पर्सा प्रहरीले आफ्नो […]
क्वार्टर छाड्दा वासिङ मेसिनसहितका समान घर लिएर गए पूर्वमन्त्री यादबले

काठमाडौं, असार २६ । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने […]
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति भण्डारी

काठमाडौं, असार २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व […]
विविधताबीचको एकता नै राष्ट्रिय पहिचान हो: प्रधानमन्त्री देउवा

काठमाडौं, असार २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्। उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक […]
फेसबुकमा प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने एक युवती पक्राउ

चितवन, असार २५ । चितवनमा प्रेमको नाटक गरेर २५ लाख रुपैयाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुरको गैँडाकोट –११ की २६ वर्षीय सम्भावी पौडेल रहेकी छिन् । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरी प्रवक्ता नरहरि […]
म आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

काठमाडौँ, २५ असार । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले स्वर्गीय र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । मेयर शाहले शनिबार सामाजिकमार्फत् फेसबुकमार्फत यसबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन् । उनले लेखेका छन्,‘म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु । तपाईहरुको दिन शुभ रहोस् ।’ यसअघि मेयर शाहले यसबुद्धको शालिक निर्माणका लागि १५ लाख […]
बिद्यार्थीलाई मरणासन्न हुने गरि कुट्ने प्रधानाध्यापकलाई कार्बाहीको माग

उदयपुर । भारतकै घटनाको झझल्को दिने गरि उदयपुरमा एक शिक्षकले मरणासन्न हुने गरि बिद्यार्थीलाई कुटपिट गरेका छन् । उदयपुरगढी गाउँपालिका – ५ स्थित आधारभुत बिद्यालय केउरिनीमा कक्षा १ मा अध्ययनरत ६ बर्षिय बालक प्रमोद रोकालाई प्रधानाध्यापक जिवन श्रेष्ठले निर्घात कुटपिट गरेका हुन् । बिहिबार बिद्यालयले आयोजना गरेको बक्तृत्वकला कार्यक्रममा पछाडी बसेर हल्ला गरेको भन्दै प्रधानाध्यापक […]
नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी

काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् । शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघले […]
गण्डकी प्रदेशबाट माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा २१ जना चयन

पोखरा । नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना चयन भएका छन् । १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् । बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर […]

