Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज भारतमा राष्ट्रपतिको चुनाव, मुर्मु र सिन्हा प्रतिस्पर्धामा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २ | बिहान १०:०४ बजे

काठमाडौं, साउन २ । छिमेकी देश भारतमा आज राष्ट्रपतिका लागि चुनाव हुन लागेको छ । भारतका राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल एक सातापछि अर्थात २४ जुलाईमा सकिँदै छ । त्यसअघि नै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, आज चुनाव हुन लागेको हो।

राष्ट्रपतिका लागि दुई जना उम्मेदवार रहेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनी झारखण्ड राज्यको पूर्वराज्यपाल पनि हुन्। उनले जितेमा भारतले पहिलो महिला राष्ट्रपति पाउनेछ।

arkhala ads

कांग्रेससहित विपक्ष गठबन्धनबाट यशवंत सिन्हा राष्ट्रपतिको उम्मेदवार बनेका छन्। लामो समय भाजपाबाट राजनीति गरेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै पार्टी छोडेका थिए। त्यसपछि कांग्रेसमा सहभागी भएका उनी पछिल्लो समय ममता बेनर्जी नेतृत्वका त्रिमूल कांग्रेसको उपाध्यक्ष थिए।

राष्ट्रपति चयनका लागि राज्यसभा र लोकसभाका सांसदले मत दिने व्यवस्था छ। राज्यको जनसंख्याका आधारमा सांसदको मतभार पनि फरकफरक हुन्छ। सबै गरेर राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति चुनावमा कुल मतभार १० लाख ८० हजार १३१ रहेको छ। राष्ट्रपति चयन हुने पाँच लाख ४० हजार ६५ भन्दा बढी मतभार ल्याउनुपर्छ।

भारतको लोकसभामा ५४० र राज्यसभामा २२७ सांसद छन्। उनीहरुको मतभार सात सयका दरले तीन लाख १३ हजार ६ सय हुन्छ ।त्यस्तै, भारतका सबै राज्यका विधानसभामा चार हजार ३३ सांसद छन्। उनीहरुको मतभार भने जनसंख्यामा आधारमा तय गरिन्छ। जस्तो धेरै जनसंख्या भएको उत्तरप्रदेशका सांसदको मतभार २०८ र कम जनसंख्या भएको सिक्कीमका सांसदको मतभार सात रहेको छ। सबै गरेर विधानसभाका सांसदको मतभार पाँच लाख ४३ हजार २३१ रहेको छ।

आज हुने चुनावको मतगणना भने तीन दिनपछि २१ जुलाइमा हुनेछ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved