कास्की, साउन २ । कास्कीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा एकजना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१३ बस्दै आएका २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।




बिकले ती बालिकालाई फकाईफुलाई सोही महानगरपालिका–५ लब्लीडाँडामा लगेर बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




बिकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















