Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १ | मध्यान्ह ०७:०४ बजे

मनोज कोइराला
डेढ्गाउँ । बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा माननीय प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा रघुराज काफ्ले, प्रदेश लोकसेवा आयोगको सदस्य माननीय कल्पना लम्साल, गाउँपालिका अध्यक्ष प्रकाश ओझा, उपाध्यक्ष डिल कुमारी केसि सारू, प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी, बौदिकाली गाउँपालिकाका वडाअध्यक्षहरू क्रमश अनिल थापा मगर, श्यामसुन्दर श्रेष्ठ, तेज वहादुर थापा,मन वहादुर सारू, खुमकुमार सारू, समाजसेवी होमनाथ भट्टराई, छविलाल ओझा, डिल्लिराम राना लगायत गाँउपालिकाका सबै शाखाका शाखा प्रमुखहरुकाे उपस्थितिमा सम्पन्न भयो ।

अन्तरक्रियामा बोल्दै अध्यक्ष ओझाले वौदिकाली गाउँपालिकालाई गण्डकी प्रदेशको नमुना गाउँपालिका बनाउने दिशामा अगाडि बढ्न प्रदेश सरकारको सहयोगको अपेक्षा राख्नुभयो । सुगम जिल्लाको दुर्गम क्षेत्र रहेकोले यहाँको शिक्षा, स्वास्थ्य र रोजगारमा प्रदेश सरकारले उचित कदम चाल्न, पिछडिएको क्षेत्र अनुकुलको नीति निर्माणमा गण्डकी प्रदेश लाग्नु पर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो । बौदिकाली कुषिमा सम्भावना वोकेको क्षेत्र भएकाले वौदिकालीको माटो सुहाउदो कृषि नीतिमा समाबेश गर्न अनुरोध गर्नुभयो । गाउँपालिका उत्पादनमा अगाडि बढेको हुनाले नजिकका सहरमा उत्पादन बेच्ने दिशामा पालिका अगाडि बढ्ने जनाउनुभयो ।

arkhala ads

पोखरा आएका पर्यटकलाई वौदिकाली गाउँपालिकाको आतिथ्यता प्रदान गरेर अमलटारी पुर्याउने सम्भावनाको बारेमा अध्यक्ष ओझाले योजना सुनाउनुभयो । त्यस्तै प्रदेश र संघको योजनामा पालिकाको भुमिका स्पस्ट पार्न अनुरोध गर्नुभयो । अन्तरक्रियामा गाउँपालिका उपाध्यक्षले प्रदेश र संघबाट परेका योजनामा प्रदेशले आवश्यक निगरानी गर्न र पालिकाले यसमा सहयोग पुर्याउने बताउनुभयो । मिथुकरममा विद्यार्थीलाई विद्यालय शिक्षामा सहज पहुँच पुर्याउन सिद्धि विद्याश्रम आधारभुत विद्यालयलाई मावि बनाउन आवश्यक पहल गर्न आवश्यक रहेको, खानेपानीको समस्या र पुर्वाधारमा समस्या रहेको वडा नम्बर एकका अध्यक्ष अनिल थापाले जानकारी गराउनुभयो ।

अन्तरक्रियामा बोल्दै २ नम्बर वडाका वडाध्यक्ष श्याम श्रेष्ठले पुर्वाधार, पर्यटन, खेलकुदको बारेमा अवसर र चुनौतीका बारेमा विचार प्रस्तुत गर्नुभयो । डम्मरा क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन, खानेपानीको व्यवस्थापन, सडक पुर्वाधारको सहज पहुँच लगायतका बारेमा वडा नम्बर ३ का वडाध्यक्ष तेज वहादुर थापाले आफ्ना भनाई राख्नुभयो । रूचाङ क्षेत्रमा पर्यटकीय सम्भावनाका साथै यहाँका चुचुरोहरू आफैमा भ्युटावर भएकाले यसका बारेमा गम्भीर बन्न वडाअध्यक्ष मन बहादुर सारूले ध्यानाकर्षण गराउनुभयो अन्तरक्रियामा बोल्दै भुगोलले ठगेको नरम क्षेत्रमा आधारभुत आवश्यकता पनि नपुगेको हुनाले यस क्षेत्रमा आवश्यक कदम चाल्न वडाध्यक्ष खुम कुमार सारूले ध्यानाकर्षण गराउनुभयो ।

अन्तरक्रियामा बोल्दै समाजसेवी होमनाथ भट्टराईले यस क्षेत्रलाई सेटेलाइट सहरको रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा प्रदेश सभाका सदस्य विष्णु प्रसाद लामिछानेले वौदिकाली गाउँपालिकाको विकासमा आफू सदैव लाग्ने बताउनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved