प्रधानसेनापति शर्मा १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखको वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुँदैछन् । उक्त सम्मेलनमा प्रधानसेनापति शर्माले पनि भाग […]

चितवनमा वडा सदस्यको गाडीले ठक्कर दिँदा सैनिकको मृत्यु

चितवन, साउन २ । चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ। मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको वडा सदस्य गुरुङ चढेको ग २ च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी […]

बाजुराको ब्रम्हाटोल केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युटको भूकम्प

काठमाडौं, साउन २ । बाजुरामा भूकम्पको धक्का महशुस भएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको ब्रम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युटको भूकम्प गएको हो । यसअघि दार्चुलामा ४.२ म्याग्निच्युटको भूकम्प गएको थियो ।

बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न

मनोज कोइराला डेढ्गाउँ । बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा माननीय प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा रघुराज काफ्ले, प्रदेश लोकसेवा आयोगको सदस्य माननीय कल्पना लम्साल, गाउँपालिका अध्यक्ष प्रकाश ओझा, उपाध्यक्ष डिल कुमारी केसि सारू, प्रमुख प्रशासकीय अधिकृत […]

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सपथ लिएकी छन् । राष्टपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । सपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थिति थियो । गत शुक्रबार भएको निर्वाचनमा एमालेकी […]

खोटाङमा बन्यो देशकै महँगो धारा, ५६०,०००/- काे पाँचवटा धारा निर्माण

खाेटाङ । कहिँ नभएकाे जात्रा खाेटाङमा भन्नू पर्ने अवस्था देखिएकाे छ। दिक्तेल रुपाकाेट मझुवागढी – ७ मा काेहि पानी नपाएर बिजाेकमा छन् भने प्रदेश खानेपानीकाे क्रमागत बजेटबाट गत बैशाखमा बनेकाे खाने पानीकाे इन्टेक देखाए, ५६००००/ झ्वाम पारेका छन्। बैशाख ३० काे चुनाबमा एमालेलाई भाेट दिलाउन भनी तत्कालिन नगर प्रमुख दिपनारायण रिजालले उक्त बजेट पारेकाे कुरा […]

उपसभामुख पुष्पा भुसालको शपथ ४ बजे

काठमाडौं, साउन १ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आज शपथग्रहण गर्दै छिन् । उनको शपथ कार्यक्रम अपराह्न ४ बजेका लागि तय गरिएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । उनी गत शुक्रबार प्रतिनिधि सभामा भएको मतदानबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, बिक्री मूल्य भने नघट्ने

काठमाडौं, साउन १ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्यमा १५ रुपैयाँ ७६ पैसा प्रतिलिटर र डिजेलको मूल्यमा १६ रुपैयाँ ५६ पैसा प्रतिलिटर घटेर आएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची […]

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

काठमाडौ, साउन १ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । नड्डाकै निमन्त्रणमा प्रचण्ड तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली गएका थिए । प्रचण्ड-नाड्डाबीच दुई देशीय सम्बन्धबारे छलफल […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो । गत सोमबारदेखि निरन्तर बसेको केन्द्रीय समिति बैठकमा नेताहरुको बोल्ने क्रम सकिएको छ । बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक […]