Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

श्रीसिया नदी सफाई अभियान नेताहरुको भाषणमै सिमित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ४ | मध्यान्ह ०७:०४ बजे

बीरगंज ४ श्रावण । वीरगंजको श्रीसिया नदी सफाई अभियान नेताहरुको भाषणमै सिमित हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन । स्थानीय निर्वाचनको समयमा ठुल ठुला भाषण गरेर निर्वाचित हुने मेयरहरुले आर्थिक प्रलोभनमा अन्धो हुने गरेको कारण वीरगंजको श्रीसिया नदी सफाई अभियान भाषण मै सिमित हुने गरेको पाईएको हो ।

स्थानीय तह निर्वाचनको समयमा सोझा साझा नेपाली जनतालाई झुक्याउदै निर्वाचित हुने मेयरहरुको प्रमुख एजेन्डा बनेको श्रीसिया नदी हालसम्म सफाई नभएको कारण स्थानीयहरु आजित बन्दै गएका छन । बिभिन्न उद्योग, कल कारखानाबाट निस्केको प्रदुषित पानी श्रीसिया नदीमा मिसिदा श्रीसिया नदीको स्थित प्रति दिन दैनिय बन्दै गएको छ । श्रीसिया नदीको प्रदुषित पानीका कारण नदी वरिपरी रहेका वडाहरु प्रति दिन दुर्गन्धित बन्दै गएपनि हालसम्म कुनै नेता कार्यकर्ताले चासो नदेखाएको आरोप स्थानीयहरुको रहेको छ ।

arkhala ads

श्रीसिया नदी वरिपरी रहेका राधेमाई, श्रीपुर, रानिघाट लगायतको ठाउहरु प्रति दिन प्रदुषित पानीका कारण दुर्गन्धित बन्दै गएको आरोप स्थानीयहरुले लगाएका छन । स्थानीय तह निर्वाचनको समयमा श्रीसिया नदीको बिषयमा ठुल ठुला भाषण गर्ने मेयर राजेशमान सिंहले निर्वाचित भइ सक्दा एकचोटी पनि श्रीसिया नदीको बिषयमा अवाज अथवा अनुगमन गर्न समेत नआएको स्थानीयहरुले आरोप लगाए । स्थानीयहरुका अनुसार श्रीसिया नदी नेताहरुको भाषणको निम्ति मात्र एजेन्डा बन्ने बाहेक अरु केही नरहेको बताए ।

स्थानीय तथा संसदीय निर्वाचनको समयमा नेताहरुले घरदैलो गर्दै श्रीसिया नदीमा प्रदुषित पानी खस्न नदिन भन्छन, श्रीसिया नदीलाई निरन्तर सफाई गरि दिने लगायत आश्वासन दिने गर्छन तर निर्वाचन सम्पन्न हुनासाथ नेताहरुले दुलोमा लुक्ने बाहेक अरु केही गर्न नसकेको आरोप स्थानीयहरुले लगाएका छन । एक जना स्थानीयका अनुसार निर्वाचनको समयमा मेयर राजेशमान सिंहले झुटो आश्वासन दिदै, स्थानीयलाई भ्रमित पादै निर्वाचित भए पश्चात नदी सफाई अभियान चलाउने बताउदै निर्वाचित भएको बताए । उनका अनुसार निर्वाचित भए पश्चात श्रीसिया नदी र वरिपरीका वडाहरुमा गरेको वाचा समेत बिर्सिसकेको आरोप लगाए ।

वीरगंज श्रीपुर निवासी रामबाबु पटेलका अनुसार अगामी हुने संसदीय दलको निर्वाचनमा यस्तो आश्वास दिने नेताहरुलाई तह लगाउने बताए । श्रीसिया नदीको बिषयमा ठुल ठुला भाषण गर्ने नेताहरुलाई अब हुने निर्वाचनमा मुहतोड जवाब बाइलट पेपरबाट दिने बताए । मधेस र मधेसीको नाममा राजनीति गर्नेहरुलाई जनताले चिनिसकेको बताउदै अगामी हुने निर्वाचनमा यस्ता जनप्रतिनिधिहरुलाई तह लगाएरै छोडने आक्रोष व्यक्त गर्नुभयो ।

यता श्रीसिया नदीको सफाई अभियानमा वीरगंज महानगरपालिका मौन धारण गरेकै कारण दुर्गन्धित बन्दै गएके बारे दुईमत छैन । श्रीसिया नदीमा प्रदुर्षित पानीको बहावले प्रति दिन घरपालुवा जानवरको जोखिम बढ्नुको साथै स्थानीयहरुको स्वास्थ्यमा समेत असर पर्दै गएको छ । तसर्थ: सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved