युवतीलाई ललाई फकाई अनैतिक काम गर्न लागाउने गेष्ट हाउस संचालिका पक्राउ

चितवन, साउन ३ । चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ -५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो । कल्पनाले २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ […]

पोखरा महानगरले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउदै

पोखरा । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक […]

पानी ट्याकींमा डुवेर दैलेखको दुल्लुमा दुई बालबालिकाको मृत्यु

सुर्खेत । दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए । ‘ दिउँसो चार बजे उनीहरु मृत फेला परेको […]

एकैदिन थपिए ४५७ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, साउन २ । पछिल्लो २४ घण्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक […]

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं, साउन २ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका हुन् । सरकारले आफूभन्दा १६ महिना कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि बढुवा बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनले पदबाट राजीनामा दिएका […]

पक्राउ पूर्जी जारी भएपछि विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंह फरार

चितवन, साउन २ । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंह फरार भएका छन् । आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर अझैसम्म पनि प्रमुख सिंह पक्राउ नपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल […]

पोखरामा १३ वर्षीया बालिका बलात्कृत

कास्की, साउन २ । कास्कीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा एकजना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१३ बस्दै आएका २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई फकाईफुलाई सोही महानगरपालिका–५ लब्लीडाँडामा लगेर बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

आज भारतमा राष्ट्रपतिको चुनाव, मुर्मु र सिन्हा प्रतिस्पर्धामा

काठमाडौं, साउन २ । छिमेकी देश भारतमा आज राष्ट्रपतिका लागि चुनाव हुन लागेको छ । भारतका राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल एक सातापछि अर्थात २४ जुलाईमा सकिँदै छ । त्यसअघि नै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, आज चुनाव हुन लागेको हो। राष्ट्रपतिका लागि दुई जना उम्मेदवार रहेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले […]

पहिरोले डुम्रे – बेँसीसहर सडक अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा […]