Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अदालतको आदेशमा रोकियो पोखरा फूलबारी रिसोर्टको लिलामी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण ६, शुक्रबार ०८:२६ बजे प्रकाशित

पोखरा । पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया अदालतको आदेशमा स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो ।

२०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण दिने बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको लागि गोप्य शिलबन्दी मार्फत आवेदन दिने बिहीबार अन्तिम दिन हो । तर रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न दिएको निवेदनमाथि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले बिहीबार नै सुनुवाइ गरे ।

arkhala ads

उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको इजलासले अन्तरिम आदेशका लागि १५ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ र सो दिनसम्म लिलामी प्रक्रिया अघि नबढाउन अन्तरकालीन आदेश दिएको छ । तर जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले बुधबार र बिहीबारको सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ र लिखत प्रमाण झिकाउने आदेश दिएको छ ।

रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक (साविकको एनआईडीसी डेभलपमेन्ट बैंक समेत) र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । जसमध्ये नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड, कर्मचारी सञ्चय कोषले ३१ करोड रुपैयाँ लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी ४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।

नेपाल बैंकले ३ असारमा रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमतीको नाममा रहेको धितो लिलामीको सूचना प्रकाशित गरेको थियो । ऋण तिर्न पटक–पटक म्याद थप गर्दा समेत नतिरेपछि लिलामी गर्नुपरेको नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारी बताउँछन् । रिसोर्टको १२४ रोपनी ११ आना, अमात्यको नामको ६ रोपनी २ आना र उनको श्रीमती गंगा अमात्यको नामको ७ रोपनी जग्गा बैंकले लिलामीमा राखेको छ ।

बैंकले रिसोर्टको चल अचल सम्पत्ति, आफ्नो र श्रीमतीको नाममा रहेको जग्गा समेत लिलाम गर्ने भएपछि अमात्यले लिलामीको सूचना निकाल्ने बैंकहरुविरुद्ध २४ असारमा काठमाडौं जिल्ला अदालतमा निषेधाज्ञाको निवेदन दिएका थिए । उनले ४ साउनमा उच्च अदालत पाटनमा पनि रिट दायर गरेका थिए । बैंकले निकालेको लिलामीको सूचना अनुसार गोप्य शिलबन्दी पेश गर्ने अन्तिम दिनसम्म एउटा मात्रै निवेदन पेश भएको छ । पाटन उच्च अदालतको आदेश अनुसार १५ साउनसम्म सिलबन्दी बोलपत्र नखोलिने नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए ।

नेपाल भ्रमण वर्ष १९९८ लाई लक्षित गरी सञ्चालनमा आएको यो रिसोर्टलाई बैंकहरुले सञ्चालनमा आएको वर्ष नै ऋण लगानी गरेका थिए । तर, उक्त रिसोर्टमा लगानी गरेको ऋण असुल नभएपछि बैंकहरु कर्जा उठाउन धितो लिलामीको प्रक्रिया अगाडि बढाएका हुन् ।

माओवादीको सशस्त्र द्वन्द्वको समयमा सञ्चालनमा आएको रिसोर्टले सुरुदेखि नै राम्रो व्यापार गर्न सकेन । रिसोर्टले ऋण नतिरेपछि बैंकले २०५८ मा नै कालोसूची (खराब ऋणीको) मा राखेको थियो । त्यसपछि २०७१ सालमा आएर बैंकको ऋण व्यवस्थापन गरी रिसोर्ट सञ्चालन गर्ने प्रयास सफल भएन । २०७१ सालमा भारतीय चेन होटल क्लार्क ग्रुपसँगको साझेदारीमा होटल चलाउन सम्झौता भएको थियो । तर, थप लगानी नभएपछि रिसोर्ट चल्न सकेन ।

बैंकमा तिर्नुपर्ने ऋणको मात्रा बढ्दै गयो । २०७६ सालमा रिसोर्ट सञ्चालक अमात्यले होटल मेरियटसँग व्यवस्थापन सम्झौता गर्दै रिसोर्ट सञ्चालन गर्ने र बैंकबाट लिएको ऋण तिर्नेगरी बैंकसँग सम्झौता गरे । तर, उक्त सम्झौता अनुसार पनि रिसोर्ट नचलेपछि लिलामी गर्ने निर्णयमा पुगेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् ।

‘रिसोर्ट सञ्चालन गर्ने र ऋण तिर्ने भनेपछि २०७६ मा ऋणको पुनसंरचना/पुनर्तालिकीकरण सम्झौता भयो’, उनले भने, ‘उक्त सम्झौता शर्त तथा सह–वित्तीयकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाको नियम उल्लंघन भएपछि धितो लिलाम गर्न लागेको हो ।’ १ कात्तिक २०७६ मा ऋण पुनर्संरचना हुँदा साँवा एक अर्ब ३१ करोड र ब्याज दुई अर्ब ३६ करोड गरी कुल तिर्नुपर्ने ऋण ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । तर, त्यतिबेला भएको सम्झौता अनुसार ऋणीले कुनै पनि काम नगरेको सीईओ श्रेष्ठले बताए ।

रिसोर्टलाई सरकारले रुग्ण उद्योग घोषणा गरेर आवश्यक सेवा सुविधा सहयोग गर्ने निर्णय गरेको थियो । २६ जेठ २०७१ मा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले फूलबारी रिसोर्टलाई रुग्ण उद्योग घोषणा पनि गर्‍यो ।

रिसोर्ट सञ्चालक अमात्यले द्वन्द्वकालमा होटल सञ्चालन गरेको भन्दै २१ मंसिर २०७३ मा मूल्य अभिवृद्धि कर र राजश्व करमा छुट माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । तर पुस २०७४ मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले कर छुट दिन नमिल्ने फैसला सुनाएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved