Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आला हजरत नेशनल लाइब्रेरीको स्थापना सराहनीय छ : इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण ६, शुक्रबार ११:२८ बजे प्रकाशित

नवलपरासी, साउन ६ । दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेशनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरी लाइब्रेरीको स्थापना गरेको हो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका प्रवक्ता नाशीर कुरैशीले जानकारी दिए । कुरैशीको अनुसार लामो समय देखि नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आपसमा व्यावसायिक र धार्मिक दुबै सम्बन्ध बलियो छ । सोही सम्बन्धलाई निरन्तरता दिन दरगाहले नेपाली मुस्लिम समुदायको शैक्षिक आर्थिक धार्मिक विकासका लागि हात बढाउँदै आएको छ । कोरोना महामारी देखि लिएर साउन ५ गते स्थापना गरिएको लाइब्रेरी समेत सोहि उद्देश्यले गरिएको उनले जानकारी दिए ।

arkhala ads

बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको तथा आला हजरत नेसनल लाइब्रेरीको स्थापनाले व्यक्तिको पढ्ने बानीको विकासका साथै ज्ञान आर्जन गर्न सराहनीय भूमिका रहने इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खांले बताए । आला हजरत ईमाम अहमद रजा खानले मानवता भाइचारा आपसी सौहार्दलाई बढावा दिँदै आफ्नो किताब आफ्नो लेख आफ्नो फतवाहरुबाट विश्व समुदाय माझ पुर्‍याएको संदेशलाई समेत कुरैशीले बयान गरे ।

त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले मानव जगतको शान्ति अमनका लागि आला हजरतले गरेको कामलाई अझै अगाडि बढाउन पुस्तकालयको स्थापना गरिएको बताए । उनले भने, ‘जुन ब्यक्ति, समुदाय वर्ग संग पुस्तक छ, हातमा कलम छ, उसले पढ्न लेख्न जानेको छ, विकासको पथमा अगाडि बढ्न निकै सहज हुन्छ । त्यसैले शैक्षिक विकासलाई केन्द्रित गर्दै दरगाहले पुस्तकालयको स्थापना गरि हजारौं पाठक युवाहरुलाई पुस्तक उपलब्ध गराउने प्रयास गरेको छ । सुन्नी सूफी खानकाही बिचारधाराले दिएको मानव भाइचाराको संदेशलाई लाइब्रेरीको मध्यमबाट अझै सहज सरल रूपमा पुर्‍याउन सकिन्छ ।’

त्यस्तै राष्ट्रिय उलमा काउन्सिलका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरीले पनि उक्त पुस्तकालयमा युवाहरूको पहुँच बनाएर शान्ति सौहार्दयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाले भन्नू भयो, आला हजरतको नामबाट स्थापना गरिएको यति विशाल भवन नेपाल अधिराज्य भरी नै पहिलो भवन हो । पुस्तकालयमा अहिलेसम्म लाखौंको पुस्तक राखिसकिएको र पुस्तक ल्याउने क्रम जारी रहेको मजहरीले बताए । दरगाह प्रमुख सुबहानी मियाँले आफ्नो प्रमुख सचीव सलीम नूरी मार्फत शुभकामना सहित दुआ गर्दै पत्र समेत लेखेका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved