काठमाडौं । काठमाडौंको चाबेलस्थित एक गोदाममा प्रहरीले छापा मारेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारी गोदामबाट एक करोड रुपैयाँबराबरको ‘अवैध’ सामान बरामद गरेको छ ।




उक्त कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार गोदामबाट विभिन्न ब्रान्डका चुरोट, गुट्खा, अक्सिमिटरलगायत अवैध सामग्री बरामद गरिएको हो । अवैध पटाका समेत बरामद गरिएको छ । गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका–१ का ४० वर्षीय छविलाल अगस्तीलाईसमेत पक्राउ गरिएको उनले जानकारी दिए ।




उनीविरुद्ध राजस्व अनुसन्धान विभाग र महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।















