नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने भएको हो । आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।

प्रतिनिधिसभामा आजदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको सोमबारदेखि विनियोजन विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने भएका छन्। विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो। आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा […]

सवल नेपालद्वारा सप्तरीको सुरुङ्गा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिकामा नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शाखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ् । सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् । सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्। गरिब दलित र पिछडिएका […]

रत्ननगरमा कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन, जेठ २९ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान रहेको छ भने, स्थानीय ५५ वर्षीया राधीका बोटे गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ । उनिहरुलाई आइतबार […]

महानगरपालिकाको विशेष सहयोगमा १५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं, जेठ २९ गते । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो। अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको […]

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २९ । पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १२ […]

मुम्बईबाट फर्किदै गरेका अछामका एक युवकको कैलालीमा मृत्यु, तीनजना पक्राउ

धनगढी, जेठ २९ । भारतको मुम्बईबाट घर फर्किदै गरेका अछामका एक युवकको कैलालीमा मृत्यु भएको छ । मुम्बईबाट फर्कने क्रममा अछामको चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । प्रहरीका अनुसार मृतक शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले शाहसँगै घर फर्किरहेका तीन जनालाई […]

सिराहा स्थानीय सरकारलाई जिम्मेवार बनाउन सार्वजनिक सुनुवाई

महेश सिंह सिराहा । स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ् । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरुसंग एक दिने सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । पालिकाको अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा मधेस प्रदेशको इन्सेक संयोजक राजु पासवान, पालिकाको उपाध्यक्ष […]

बेलुवामा एक महिलाले झुण्डिएर आत्महत्या गरे

बुलिङटार प्रेस  भरतपुर १७ जेठ । बेलुवामा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१७ बस्ने यमप्रसाद पौडेलकी ३० वर्षीया श्रीमती शुष्मा ढुंगाना पौडेलले शुक्रबार राति झुण्डिएर आत्महत्या गरेकी हुन् । माइतीपक्षले घरेलु हिंसाका कारण ज्यान गएको हुनसक्ने आरोप लगाउँदै छानविनको माग गरेको छ ।  घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको छ भने शव […]

लिग-२ मा नेपाल र अमेरिकाले खेले बराबरी

काठमाडौं, जेठ २९ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ । गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो। अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे। उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे […]