सर्लाहीमा आफ्नै मामालाई भाटा हानेर हत्या गरेको आरोपमा भान्जा पक्राउ

जनकपुरधाम, २८ जेठ । सर्लाहीमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१७, रानीगञ्जका ४५ वर्षीय अशोक विकको हत्या गरेको आरोपमा उनका भान्जा लालबन्दी–११ हिरापुरका ३१ बर्षीय रवि विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले […]

कांग्रेसका आशलाग्दा युवाहरु जसपामा, कांग्रेसलाई झट्का

वीरगञ्ज, २८ जेठ । नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गर्दै सयौँ जना जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर – ८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधी विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह, मनोज क्षेत्री, राकेश […]

बामताङ खोलाले बगाएर एक जनाको मृत्यु

बुलिङटार प्रेस तनहुँ २८ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका […]

चितवनमा झुण्डिएको अबस्थामा एक पुरुषको शव फेला

चितवन, जेठ २८ । चितवनको टिकौली जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका -१२ स्थित टिकौली जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो। मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई आज बिहान ८ बजे सो जंगलमा झुढिडएको अवस्थामा शव […]

तनहुँमा खोलाले बगाएर एकजनाको मृत्यु

तनहुँ, जेठ २८ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज […]

भैरहवामा चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु

भैरहवा । भैरहवा मा चोरी गरि भाग्ने क्रममा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही कोटहीमाई ५ का २४ बर्षिय अमित यादव रहेको प्रहरीले जानकारी दिएको छ । उनि होटल सि प्रिन्स बाहिर मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत […]

अबरुद्ध भएको नारायणघाट – मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । पटक पटक पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ। अहिले गाडी चापमा चलिरहेका […]

आँबुखैरेनी पहिरो : ज्यान गुमाएका दुवै पुरुषको सनाखत

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ। घटनापछि दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। ज्यान गुमाउनेमा गोरखाको सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा नगरपालिका-७ का […]

सुर्खेतको जिससमा एमाले र माओवादी तालमेल

वीरेन्द्रनगर, जेठ २८ । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेर नेतृत्व चयन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले) का गङ्गाराम सुनार निर्वाचित भएका छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सचिनकुमार बडुवाल निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादीको […]

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, जेठ २८ । काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस […]