Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तनहुँमा चितुवाको आक्रमणबाट ५ वर्षीय बालकको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ ३१ | मध्यान्ह ०६:०२ बजे

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

मंगलबार दिउँसो सवा ४ बजेतिर घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनलेे भने ‘घरको आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो । घरभन्दा दुई सय मिटर माथी छापेली सामुदायिक वनमा बालकको शव भेटिएको छ ।’

arkhala ads

घटना घटेको आधा घण्टापछि बालकको शव भेटिएको हो । उक्त क्षेत्रमा शनिबार राती र आईतबार विहान पनि चितुवाको आक्रमणबाट दुई जना घाईते भएका थिए । बन्दीपुर–४ टावरमा शनिबार राती चितुवाको आक्रमण परी आठ वर्षीया बालिका रियाना थापा घाईते भएकी थिईन् । उनलाई घर नजिकैको बाटोमा चितुवाले आक्रमण गरेको थियो ।

यस्तै, आइतबार विहानपख बन्दीपुर गाउँपालिका–१ बाघदले शिखरडाँडामा चितुवाले आक्रमण गर्दा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका थिए । पिँढीमा सुतिरहेका बेला उनलाई चितुवाले आक्रमण थियो । स्थानीयका अनुसार सो क्षेत्रमा बच्चा सहितको चितुवाले आतंक मच्चाएको छ ।

बासस्थानका लागी ओडार, पानीको व्यवस्थासँगै जंगल नजिकै भएकाले चितुवा बेलाबेलामा देखा परेपनि अझैसम्म मान्छेलाई आक्रमण भने गरेको थिएन् । यसपाली चितुवा आतंक बढेपछि स्थानीयहरु निकै त्रसित छन् । चितुवालाई नियन्त्रणमा लिनका लागि आइतबार बाघदलेमा बाख्रा सहितको फलामे खोर राखिएको छ । तर चितुवा अझै नियन्त्रणमा आएको छैन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved