आज शुक्रबार अहिले सम्मको नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौं ११ असोज। आज शुक्रबार अहिले सम्मको नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्ड  शुक्रबार ५०० रुपैयो बढेको छ । सुन आइतबार एक […]

नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य गिरीले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन इमान्दारीताका साथ लागौं

बुलिङटार ११ असोज । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य विद्रोही गिरीले एमालेलाई राष्ट्रिय बलियो शक्तिको रुपमा देख्नका लागि आम कार्यकर्ता इमान्दारिताका साथ समाजको रुपान्तरणको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं. ३ को दोश्रो वडा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले उक्त धारणा […]

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी

काठमाडौ ११ असोज । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण  सार्वजनिक गरेको […]

नारायणगढ मुग्लिन सडक २९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदामाइक्रोमा सवार १६ जना घाइते

चितवन ११ असोज । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदामाइक्रोमा सवार १६ जना घाइते भएका छन् । बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमतीप्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक […]

याम कृष्णा सारु मगरको अभिनय र स्वरमा ‘परदेशीको दशै’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौं १० असोज । टुहुरीको तिहार’ गीतमा स्वर र अभिनय गरेर चर्चामा आएका गायक तथा मोडल याम कृष्णा सारु मगरको अभिनय र स्वरमा ‘परदेशीको दशै’ गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण गरिएको गीती भिडियो  परदेशीहरुको पिर ब्यथालाई उत्साही ढंगले प्रस्तुत गरिएको छ । यस भिडियोमा नेपालीहरुको महान चाड बडा दशमी नजिकिदै गर्दा […]

बुलिङटार गाउँपालिका गण्डकी प्रदेश र नवपरासी (ब.सू.पू.) जिल्ला दुवैमा प्रथम स्थान हासिल

बुलिङटार १० असोज । बुलिङटार गाउँपालिकाले गण्डकी प्रदेश र नवपरासी (ब.सू.पू.) जिल्ला दुवैमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश स्तरीय आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी (२०८१ असोज ८–१०) पोखरामा सम्पन्न भएको छ । खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा अब्बल […]

असौज ९ गते बुधबार गैँडाकोट नगरपालिकामा सार्वजनिक विदा

गैँडाकोट ८ असोज । जितिया पर्वका अवसरमा गैँडाकोट नगरपालिकामा सार्वजनिक विदा दिइएको छ । असौज ९ गते बुधबार परेको जितियाको अवसरमा गैँडाकोट नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार गएको चैत्र २० गते बसेको कार्यपालिकाको बैठकले जितियामा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।  

एसईई को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ ०८ असोज। माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात्  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन […]

भरतपुर मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते

चितवन ०३ असोज। भरतपुर महानगरपालिका वडा नं ११ वडा कार्यालय अगाडि मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । ना १० प ६४११ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०६–००१ प २१९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं–११ बस्ने ५५ वर्षीय यमनाथ रेग्मी मध्यम घाइते भएका छन् । निजको नयाँ मेडिकल […]

बुलिङटार भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न

बुलिङटार ०१ असोज । भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । नवलपुर क्षेत्र न. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य (सांसद) तथा गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री रोशन बहादुर गाहा मगरको प्रमुख अतिथिमा “भारतीपुर-उदयपुर- ढाँसी” सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ […]