भरतपुरमा बोलेरो गाडीसँग स्कुटर ठोक्किँदा एक महिला घाइते

चितवन १७ असार । भरतपुर महानगरपालिका वडा नं-२३, घैलाघारीस्थित सडकमा बोलेरो गाडीसँग स्कुटर ठोक्किँदा एक महिला घाइते भएकी छन् । जगतपुरबाट माडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १०८७ नम्बरको बोलेरो गाडीको पछाडि सोही दिशाबाट आएको बागमती प्रदेश ०६-००२ प ४९४४ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भरतपुर-२७ बस्ने ४६ वर्षीया सुशीला पाण्डे भुसाल घाइते भएकी […]
बुलिङटार गाउँपालिका बाट प्रथम र दोस्रो श्री छत्तीसा देवी माध्यमिक विद्यालय

बुलिङटार १४ असार । बुलिङटार गाउँपालिका बाट प्रथम र दोस्रो श्री छत्तीसा देवी माध्यमिक विद्यालय भएको छ । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नम्बर-०१ स्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा (SEE) परीक्षा २०८० मा सहभागी भई कृष्ण थापा ३.३७ जि.पि.ए. सहित बुलिङटार गाउँपालिका प्रथम र भूमिका आले ३.२६ जि.पि.ए द्वितीय स्थान हासिल गर्न […]
राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (SEE) को परीक्षाफल सार्वजनिक

काठमाडौं १३ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (SEE) को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ‘ग्रेड‘ ल्याउन सफल भएका छन्। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् ‘ननग्रेडेड‘ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा […]
बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले उक्त बजेट प्रस्तुत गरेका हुन । आ.व.२०८१/२०८२ का लागि बुलिङटार गाउँपालिकाको समग्र विकास नीतिहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास शाखा, सुशासन तथा […]
नवलपुरमा ट्याक्टरबाट खसेर एक जना मृत्यु

बुलिङटार ०७ असार । नवलपुरमा ट्याक्टरबाट खसेर एक जना मृत्यु भएको छ । बुलिङटार ५ सान्डाडामा भएको ट्याक्टर सवार १८ वर्षीय बिरमाया सारुको पछाडीको चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो । घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ । ट्याक्टरका […]
सरकारले असार ३ गते सार्वजनिक बिदा

काठमाडौं ३२ असार । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो ।
तनहुँ ब्यास नगरपालिका पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ २१ जेठ । तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीस्थित पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककोमृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् । कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्साशाखामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक […]
नेपाली बजारमा सुनको मूल्य घटे

नवलपुर २० जेठ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई सयले घटेर एक लाख ४२ हजार कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन एक लाख ४१ हजार तीन […]
अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रण

नवलपुर २० जेठ। अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । गैँडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले ७ वटा टिप्पर गएराति नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका […]
नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत गए राति चार सवारी साधन एकापसमा ठोक्किए

चितवन १४ जेष्ठ । नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख […]
