नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्यु

चितवन १३ जेष्ठ । नारायणगढ मुग्लिन सडक खण्डमा ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्युभएको छ । चितवनको ईच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने क्रममा स्काभेटरले काम गरिरहँदा पहिरोखसेको हो । आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए

धन बहादुर सिन्जाली काठमाडौं ०२ जेष्ठ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । निगम सञ्चालक […]
नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो

गैंडाकोट ३१ बैशाख । नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी किनारमा आयोजित कार्यक्रममा गरेका हुन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत पनि उपस्थित थिए । आगामी ३ वर्षभित्र अत्याधुनिक […]
आज शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढे

धन बहादुर सिन्जाली काठमाडौं २८ वैशाख । आज शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख३७ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ […]
बुलिङटार गाउँपालिका वडा नं ३ सिंगुवा बगैचामा बुधबार देखि हाटबजार सञ्चालन

धन बहादुर सिन्जाल बुलिङटार २७ वैशाख । बुलिङटार गाउँपालिका वडा नं ३ सिंगुवा बगैचामा बुधबार देखि हाटबजार सञ्चालनमा आएको छ । बुलिङटार गाउँपालिकाका बुलिङटार ३ का वडा अध्यक्ष विष्णुवीर जर्घा मगरको सभापति र प्रमुख अतिथि पालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले बजारको समुद्घघाटन गर्नुभयो । उक्त हातबजार हरेक हप्ताको बुधबार दिउँसो २ बजे देखि लाग्ने अध्यक्ष सुनारी […]
गैंडाकोट नगरपालिका सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा

धन बहादुर सिन्जाली गैंडाकोट १८ वैशाख । नवलपुर २० वैशाख । गैंडाकोट नगरपालिका ३ ढोडेनी गडाम्दी को जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक कुल बहादुर सुनारीको हिजो भएको अकल्पनीय दु:खद निधनले आज बैशाख २० गते गैंडाकोटमा रहेका सबै सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा दिने भएका छन ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

धन बहादुर सिन्जाली इलाम १८ वैशाख । वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास […]
नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला

नवलपुर १७ बैशाख । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् । स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने […]
नेपाल मगर संघ नगर समिती गैंडाकोट र सुन्दर गण्डकी भेजा द्वारा तत्काल आवश्यक सामाग्री हस्तान्तरण

गैंडाकोट १६ बैशाख । नेपाल मगर संघ नगर समिती गैंडाकोट र सुन्दर गण्डकी भेजा समितिद्वारा तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा न.०३ ढोडेनीमा आज राति करिब २ बजे तिर श्री तुल बहादुर डिसुवा मगरको घर आगलागि भइ सम्पुर्ण धन मल,कागजात ,लत्ताकपडा र रासनपानी पुर्ण रूपमा क्षति भएकोले नेपाल मगर संघ सुन्दर […]
गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी

गैँडाकोट १६ बैशाख । गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीय तुल बहादुर डिसुवा मगरको घर र गोठ जलेर नष्ट भएको हो । गएराती करिब २ बजेको समयमा आगो लागेको थियो । उक्त आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको […]
