गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

बुलिङ्टार १६ बैशाख । बुलिङटार गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद नवलपरासी (ब.सु.पू) शाखाद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो ।   बुलिङ्टार गाउँपालिका अध्यक्ष ई.दीपेन्द्र सुनारी मगरको प्रमुख अतिथिको रुपमा सम्पुर्ण १ देखि ६ वडाको जेहेन्दार ६० जना विद्यार्थीलाई झोला,कापी,साबुन,सिसाकलम आदि शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो […]

आज नेपाली बजारमा सुनको मूल्य बढे

काठमाण्डौ १२ बैशाख । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ […]

डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न

गैंडाकोट ०३ बैशाख । डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न भएको छ । यस कार्यक्रमको प्रमुख अथिति  बुलिङ्गटार -२ डाँडाझेरी (हाल) गैंडाकोट बस्ने श्री बालकृष्ण वाकबल मगरले गर्नुभएको थियो । डाँडाझेरीका सम्पूर्णलाई आर्थिक उन्नतिएंवम सामाज उत्थानको लागि एकता गरौ भन्ने नारा लाई विगत देखि बि.स.२०७१ साल देखि शुरु […]

प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव – २०८० को समय ३ दिन थप

चितवन १९ चैत । चितवनको नारायणगढ नदि किनारमा भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव – २०८० को समय ३ दिन थप भएको छ । समय थप भएसँगै आइतबार सकिने महोत्सव बुधबारसम्म लम्बिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै […]

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने

काठमाडौं १६ चैत । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबैसंकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर […]

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) आजबाट सुरु

काठमाडौं १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) आजबाट सुरु हुँदैछ । आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजीविषयको परीक्षा हुनेछ । विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन् । यो परीक्षामा […]

आज मंगलबार प्रतिनिधिसभाको आजको बैठक शुरु

काठमाडौँ ६ चैत  । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनेकार्यसूची छ । आजै अर्थमन्त्री वर्षमान […]

दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी

पोखरा ०५ चैत । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो मन्त्रालयलाई सरकारको सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसअघि यो मन्त्रालय माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले सम्हालेका थिए । केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले हटाएका थिए । यसअघि नेकपा (एकीकृत समाजवादी) का सांसद रहेका मनाङेले आइतबार […]

बुलिङटारमा धार्मिक प्रयटन लाई प्रवर्धन गर्ने अभियानका साथ गणेश मन्दिर स्थापना

बुलिङटार  १ चैत  । बुलिङटारमा धार्मिक प्रयटन लाई प्रवर्धन गर्ने अभियानका साथ गणेश मन्दिर स्थापना गरिएको छ । बुलिङटार गाउँपालिकाको केन्द्र वडा न ०३ को केन्द्र भागमा निर्मित यस मन्दिरले यहाँको पहिचान तथा विशेषता झल्काएको छ । कृषि र धार्मिक प्रयटन को प्रचुर सम्भावना बोकेको  पालिकाले आगमि दिनहरुमा यस्ता उपलब्धि मुलक काममा प्रत्यक्ष परोक्ष सहयोग […]

नवलपुरको बुलिङटारमा माइक्रो बस दुर्घटना हुँदा ४ जना घाइते

बुलिङटार १ चैत  । नवलपुरको बुलिङटार गाउँपालिका ६ धासीमा माइक्रो बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । कालीगण्डकी करिडोर सडकखण्डमा काठमाण्डौ बाट स्याङ्जतर्फ जाँदै गरेको बा ३ ख ९७९३ नम्बरको माइक्रो बस ब्रेकफेल भाई सडकको बायाँ साइडको नालामा खस्न गइ दुर्घटना भएको हो । माइक्रो बस चालकसहित १७ जना मध्ये ४ जना घाइते […]