नवलपुर कावासोतीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

गैंडाकोट २८ फाल्गुन । नवलपुर कावासोतीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणघाट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५० प ४७०९ नम्बरको मोटरसाइकललाई कावासोती नगरपालिका ०८ खरकट्टाको जंगलमा ठक्कर दिएको हो । ट्रकको ठक्करबाट धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ घर भई हाल नवलपुरको कावासोती ३ […]

विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिए

काठमाडौं २२ फागुन विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ । समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ […]

एमालेबाट गिरी, माओवादीबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्ने पक्का

नवलपुर २१ फाल्गुन । सत्ता गठवन्धन परिवर्तन भएसँगै आजै मन्त्री परिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको तयारी छ । प्रचण्डले आफ्नो अध्यक्षतामा सानो आकारको मन्त्री परिषद् गठनको तयारी गरेका हुन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराइसकेका छन् । समाचार स्रोतका अनुसार आज नेकपा एमालेबाट पर्वतका पदम गिरी मन्त्री बन्दैछन् […]

अस्पताल हिडेका ७५ वर्षीय पुरुष गम्भीर घाइते

गैंडाकोट १३ नवलपुर । गैंडाकोटमा आईतबार बिहान भएको दुर्घटनामा अस्पताल हिडेका ७५ वर्षीय पुरुष गम्भीर घाइते भएका छ्न । पुर्व पश्चिम राजमार्गमाको भृकुटी चोकमा नारायणगढ बाट बर्दिया जाँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नं. को बसले सोही दिसा तर्फ बाट जाँदै गरेको ना ३६ प ९०४५ नं. को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशा […]

बुलिङटारमा दादुरा तथा रुबेला खोप अभियान शुरु

बुलिङटार ९ फागुन । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा दादुरा तथा रुबेला खोप अभियान शुरु भएको छ । बुधबार स्थानीय तह स्तरीय तथा वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठि सम्पन्न गरेको छ । कार्यक्रम बुलिङटार गाँउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा सम्पन्न भएको हो । […]

चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला

भरतपुर ७ चितवन । खैरहनी नगरपालिका–२ चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको हो । आज बिहान करिब ७ बजे बन्दै गरेको हर्बल कम्पनीको पर्खाल नजिकै शब फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी चितवनको टोली […]

२०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं ६ फागुन । २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने […]

नारायणी नदी माथिको प्लबाट हाम फालेर एक पुरुष गम्भिर घाइते

गैँडाकोट ०४ फागुन । नवलपुर र चितवन जोड्ने नारायणी नदी माथिको प्लबाट हाम फालेर एक पुरुष गम्भिर घाइते भएका छन् । आज दिउसो १ : २० वजे पुलबाट नदीमा हाम फालेका गोरखा नगरपालिका वडा नं. १ घर भएका ३३ वर्षका राजन सेवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नदीमा हाम फालेका […]

२०६ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या

नवलपुर  २९ माघ ।  २०६ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् । भाडामा लिएको गाडी बन्द गरेर जलेर मृत्यु भएको अवस्थामा अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको उनका निकटतम पुरुषोत्तम ढकालले फेसबुकमा एक पोष्ट गर्दै जानकारी दिएका छन् । मैनालीले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न […]

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै

काठमाडौं २७ माघ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र […]