प्रथम बुलिङटार वडा अध्यक्ष कप, बृहत सांस्कृतिक कार्यक्रम तथा नि:शुल्क बल जाली वितरण कार्यक्रम हुने

बुलिङटार २३ माघ । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ भलायटारमा प्रथम बुलिङटार वडा अध्यक्ष कप भलिबल प्रतियोगिता, बृहत सांस्कृतिक कार्यक्रम तथा नि:शुल्क भलिबल जाली वितरण कार्यक्रम हुने भएको छ । बुलिङ भलायटार विकास समाजको आयोजना तथा बुलिङटार गाउँपालिका वडा नं ३ कार्यालयको समन्वयमा बुलिङटार ३ भलायटार झिल्के चौतारीमा हुने समाजका अध्यक्ष अर्जुन […]

नवलपुरमा स्थानीय रुटको नयाँ भाडादर कायम

नवलपुर १० माघ । नवलपुरमा स्थानीय रुटको नयाँ भाडादर कायम गरिएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बजार क्षेत्रबाट जिल्लाको ग्रामीण भेगमा चल्ने स्थानीय रुटको नयाँ भाडादर कायम गरिएको हो । गत असार २२ गते जिल्ला प्रशासन कार्यालयमा बसेको नवलपुर यातायात व्यवस्थापन समितिको बैठक गरेको निर्णय अहिले कार्यान्वयनमा आएको हो । यातायात व्यवस्था कार्यालय नवलपुरले […]

भरतपुरमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते

चितवन ८ माघ । भरतपुर महानगरपालिका वडा न.८ शान्ति चोकमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । बागमती प्रदेश १–०१–०२९ च ४६५४ नम्बरको कारले ना ५९ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–७ बस्ने ३८ वर्षीय बालकृष्ण गौतम गम्भीर घाइते भएका छन् । घाइते गौतमको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको र दुवै […]

नवलपुर बुलिङ्टार गाउँपालिका वडा नं १ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते

बुलिङ्टार  ५ माघ । नवलपुर बुलिङ्टार गाउँपालिका वडा नं १ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छ । कालीगण्डकी करिडोरमा तरङ्गे खोला देखि बुलिङ्टार बजार तर्फ आउदै गरेको फलामे रड बोकेको लु ४ त २३१३ नं.को ट्याक्टर अनियन्त्रीत भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो […]

नवलपुरका कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कावासोती २४ पौष । नवलपुरका कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कावासोती नगरपालिका  खर्कट्टा जंगलमा पश्चिमबाट पूर्व तिर आउदै गरेको बागमति प्र.०१–०२९ च ०२४८ नम्बरको कार र बिपरित दिशातर्फ जादै गरेको बागमति प्र.०३–०४ प १९५८ नं को माटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक नवलपुरको हुप्सेकोट गाउपालिका वढा नं. २ का ४१ […]

नेपाल राष्ट्रिय अभिभावक संघ, नगर समितिले शुक्रबार एक पत्र बुझाए

गैंडाकोट ६ पौष गैंडाकोट नगरपालिकामा नेपाल राष्ट्रिय अभिभावक संघ, नगर समितिले शुक्रबार एक पत्र बुझाएकोछ। नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुर जिल्ला अध्यक्ष युवराज वाग्लेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेललाई भेटी पत्र बुझाएको हो । नगर समितिको तर्फबाट कार्यवाहक अध्यक्ष खडक बहादुर आले र जिल्लाको तर्फबाट अध्यक्ष युवराज वाग्लेले पत्र बुझाएका हुन […]

काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन

काठमाडौं २४ मंसिर । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म […]

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडा १४ मंसिर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्लेपाखाकी वर्ष ३४ की रुपा स्याङ्तान र पाँच महिनाको शिशुको रहेका छन् । दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका भीमबहादुर स्याङ्तान घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप […]

भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग

काठमाडौँ १४ मंसिर जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, […]

देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु

देवचुली २६ कार्तिक । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको जनाको पहिचान भएको छ । बुलिङटार गाउँपालिकाको मालडाँडाबाट कावासोती जान आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएकोमा हालसम्म ६ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ । मृत्य हुनेहरुमा जिपका […]