मोटरसाइकल दुर्घटनामा परी शनिबार निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु

बारा १२ कात्तिक । मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो । प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेका अनुसार शनिबार बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी […]
नवलपुर सहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस

नवलपुर ५ कात्तिक नवलपुर सहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद

काठमाडौं ३ कात्तिक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले […]
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगे

काठमाडौं १ कार्तिक । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन्। छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । प्रधानमन्त्री दाहालको रगत लगायतका परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए । उनका अनुसार परीक्षणको रिपोर्ट आएपछि मात्रै […]
पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

नवलपुर । पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको ऋषिङ २ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार १ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक […]
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं १४ भदौ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार […]
नवलपुरको गैँडाकोट ५ स्थित कालिगण्डकी चोकमा बोलेरो र अटो ठोक्किदा ३ जना घाइते

नवलपुर ७ भदौ । आज नवलपुरको गैँडाकोट ५ स्थित कालिगण्डकी चोकमा बोलेरो र अटो ठोक्किदा ३ जना घाइते भएका छन् । पूर्वबाट पश्चिततर्फ दाना लिएर जाँदै गरेको ना ५ च १५३ नम्बरको बोलेर अनियन्त्रित भइ सोही दिशामा रोकी राखेको ना २ ह २८३७ नम्बरको अटोमाथि पल्टिदा ३ जना घाइते भएका हुन् । दुघर्टनामा परि अटो […]
हरितालिका तीजको अवसरमा भएको वडास्तरीय तीज गीत प्रतियोगितामा महिला सञ्जाल गैँडाकोट १ प्रथम

गैँडाकोट ३० भदौ । विजयश्री उपभोक्ता सहकारी संस्था किसान मार्टको आयोजना एवं विजय एफएमको सह आयोजनामा हरितालिका तीजको अवसरमा भएको वडास्तरीय तीज गीत प्रतियोगितामा महिला सञ्जाल गैँडाकोट १ प्रथम भएको छ । प्रतियोगितामा शान्ति आमा समूह गैँडाकोट ११ द्वितीय, समुन्नती महिला समूह गैँडाकोट ५ तृतीय र कालिका महिला समूह गैँडाकोट ८ ले सान्तवना स्थान हासिल […]
दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु दुई जना घाइते

गैँडाकोट २४ भदौ । पूर्वी चितवनको राप्ती नगरपालिका–३ झुरझुरेमा हिजो बिहान करिब ६ः२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जादै गरेको प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक […]
नवलपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रु घाईते

कावासोती २२ भदौ । नवलपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रु घाईते भएका छन् । देवचुलीनगरपालिका geyimedicals.es कदमपुर स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु ९ प ४१८७ नम्बरको मोटरसाईकलको ठक्करबाट देवचुलीमा नगरपालिका वडा नं ०५ निवासी ५ बर्षीय कुशल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । मोटरसाईकलले ठक्कर दिदा घाईतेको […]
