राष्ट्रिय सभाको बैठक दिउँसो एक बजे बस्दै

काठमाडौं १८ भदौ । राष्ट्रिय सभाको बैठक दिउँसो एक बजे बस्दैछ । उक्त बैठकमा संविधान अनुकुल बन्न बाँकी कानुनहरुबारे छलफल हुनेछ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संविधान अनुकुल बन्न बाँकी कानुनहरुको अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ । उक्त प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले सभामा प्रस्तुत […]
नगरस्तरीय लाखे नाच प्रतियोगितामा श्री गणेश भिमसेन नेवाः गुठी गोछडा प्रथम

नवलपुर १६ भदौ, । नवलपुरमा लाखे नाच प्रतियोगिता भएको छ । लाखे नाच नेवारी समुदायको परम्परागत नाच हो । जसले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रुपमा मनाइने लाखे नाच पर्व जोगाउन पछिल्लो समय नवलपुर जिल्लाका नेवार समुदायले पनि लाखे नाचको प्रतियोगिता […]
प्रसिध्द नेपाली सफ्टयेर कम्पनी ए-वान सफ्ट इन्टरन्यास्नल को शाखा अब माल्टामा पनि

काठमाडौं १६ भदौ । विश्वव्यापी सफ्टवेयर उद्योगको लागि महत्वपूर्ण विकासमा, A-One Soft International, नेपालमा मुख्यालय रहेको एक अग्रणी सफ्टवेयर कम्पनीले माल्टाको Naxxar Road मा नयाँ शाखा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । यो विस्तारले आफ्नो विश्वव्यापी उपस्थितिलाई फराकिलो बनाउन र नयाँ बजारहरूमा पुग्न कम्पनीको यात्रामा महत्त्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। ए-वन सफ्ट इन्टरनेशनलले यसको […]
युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज (UESC) ले जापानको प्रसिद्ध कम्पनी IMAC ईन्जिनियरिङ् कम्पनी लिमिटेडमा बिधार्थि लाई इन्टर्नको लागी पठाउने

चाकुपाट १६ ललितपुर । युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज (UESC) ले जापानको प्रसिद्ध कम्पनी IMAC ईन्जिनियरिङ् कम्पनी लिमिटेडसँग भर्खरै एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सहकार्यले जापानमा व्यावसायिक शिक्षा र प्रशिक्षण (VET) र व्यावसायिक वृद्धि खोज्ने UESC विद्यार्थीहरूको लागि अवसरहरूको संसार खोल्छ । एमओयूमा एआरले हस्ताक्षर गरेका थिए । डा. युनिभर्सल इन्जिनियरिङ […]
देवचुली नगर अस्पतालमा कार्यरत पाँच जना डाक्टरले एकैचोटि ड्युटी रोके

देवचुली १६ भदौ । देवचुली नगर अस्पतालमा कार्यरत पाँच जना डाक्टरले एकैचोटि ड्युटी रोकेका छन् । नगरपालिका मातहतको नगर अस्पतालका सवै पाँचै जना डाक्टरले शुक्रवार सेवामा हाजिर नभएका हुन् । अस्पतालबाट प्रवाहित सेवाका विषयमा नगरपालिका स्वास्थ्य शाखामा मौखिक रुपमा थुप्रै गुनासा प्राप्त भएपछि स्वास्थ्य शाखा प्रमुखले नागरिकबाट आएका विषयको बारेमा ड्युटीमा रहेका सम्वन्धित डाक्टरसँग फोनमा […]
घरेलु रक्सी बेच्न पाउनुपर्ने भन्दै नेपाल मगर संघ नगर समिति गैँडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाए

गैँडाकोट १५ भदौ । घरेलु रक्सी बेच्न पाउनुपर्ने भन्दै नेपाल मगर संघ नगर समिति गैँडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले केहिदिन अघि नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५ सय २० लिटर घरेलु रक्सी स्थानीय जनप्रतिनिधीको रोहबरमा नष्ट गरेपछि मगर संघले आपत्ति गरिएको थियो । नेपाल मगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष […]
काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक
काठमाडौं १५ भदौ । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक महत्वको गाईजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरपालिकाले असन, भोटाहिटी, हनुमानढोका र त्यस वरपरका क्षेत्रमा सबै प्रकृतिका सवारी साधन प्रवेशमा रोक लगाएको छ । सापारु अर्थात् गाईजात्रालाई व्यवस्थित र सहज ढंगले सन्चालन गर्न महानगरपालिकाले रुट निर्धारण गरेको छ र उक्त रुटमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । […]
जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध

चितवन १४ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्नो संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतथा दिने तथा सम्र्बद्धन गर्ने बाहेक अन्य खर्चिला एवंम् भड्लिा कार्यक्रम नर्गन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले […]
नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण

नवलपुर १३ भदौ । नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय टेक बहादुर पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण गरेको छ । बुधबार कावासाती स्थ्ति कोरियन पाठशालामा स्वर्गीय पुलामीको परिवारलाई नगद रु ६ लाख ५७ हजार १ सय १४ रुपैयाको चेक नवलपुर समाज दक्षिण cipf-es.org कोरिया समितिले हस्तान्तरण गरेको हो । नवलपुर जिल्लाको बौदिकालि गाउपालिका ४ […]
नेपाल मगर संघ गैडाकोटले स्व. गोरे बहादुर खपाङ्गी मगर को सातौं स्मृति दिवस मनाए

गैंडाकोट १२ भदौ । नेपाल मगर संघ गैडाकोटले स्व. गोरे बहादुर खपाङ्गी मगर को सातौं स्मृति दिवस मनाएको छ । संघले स्वर्गीय खपांगीको सम्झनामा नेपाल मगर संघ गैंडाकोटले पुष्पअर्पण गरि दिप प्रज्वलन गरेका हुन । खपांगीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । खपांगीको हरेक वर्षको भाद्र ११ गते स्मृति […]
