जनताको सहारा संस्था नवलपुर शाखाले भुजेल गाउँका बालबालिकालाई शैक्षिक सामग्री वितरण

साउन ३१ गैंडाकोट। जनताको सहारा संस्था नवलपुर शाखाले गैँडाकोट नगरपालिका वडा नम्बर ३ भुजेल गाउँ स्थित श्री जुना पूर्व प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । जनताको सहारा संस्थामार्फत करिब ३६ जना बालबालिकालाई झोला, कपि, सिसाकलम, सपनर, कटर वितरण गरिएको हो । केन्द्रीय कार्यालय भरतपुरमा रहेको जनताको साहारा संस्था असहाय पुरुष, महिला तथा […]
मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु

मकवानपुर २७ साउन । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका […]
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार अत्यन्त जरूरी सूचना जारी

चितवन २४ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार अत्यन्त जरूरी सूचना जारी गर्दै अत्यधिक तापक्रमबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा विगत केही दिनदेखि देशका अधिकांश भूभागहरुमा क्रमिकरुपमा तापक्रम वृद्धि भइरहेको र आगमी केही दिनसम्म देशभर तराईका भूभागहरुमा तातो हावा (लू) लाग्ने सम्भावना सम्भावना रहेको बुलेटिन प्रकाशन […]
गर्मी बढेसँगै चितवन जिल्लाका छ पालिकाले विद्यालय बन्द

चितवन १९ जेठ । गर्मी बढेसँगै जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् ।भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय […]
गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका रेशमलाल चौधरी कारागारबाट रिहा भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका रेशमलाल चौधरी कारागारबाट रिहा भएका छन् ।
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ १२ वैशख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त […]
उपनिर्वाचनको दिन सार्बजनिक यातायात सञ्चालनमा रोक लगाईएको सम्बन्धि सूचना

उपनिर्वाचनको दिन सार्बजनिक यातायात सञ्चालनमा रोक लगाईएको सम्बन्धि सूचना
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उनको भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भइरहेको छ । बुधबार सो अस्पतालमा भर्ना भएका उनको तत्काल सुधारका संकेतहरु देखिएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनको लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा

चितवन ९ वैशाख । सरकारले वैशाख १० गते हुने उपनिर्वाचनको लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै निर्वाचन हुने दिन सार्वजनिक बिदा दिने बताएको हो । वैशाख १० गते आइतबार चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भए

चितवन २१ गते । चितवन क्षेत्र न २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् । मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले […]
