राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागे

काठमाडौं ८ चैत । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राखेकी हुन् । ‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी […]
केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु

त्रिभुवन विश्वविद्यालय त्रि.वि. का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया सुरु गरेको जानकारी दिए। उनका अनुसार […]
तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं २५ फागुन । तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । नेम्वाङले प्रदेशतर्फ […]
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने

महेन्द्रनगर । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने भएका छन् । सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन […]
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु

हेटौंडा २८ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको […]
प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान

काठमाडौं २८ माघ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न–नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकोले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको हो । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम […]
राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत […]
उपाध्यक्ष मशहूदको पहलमा आयसा गर्ल्स कालेजमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । संचालन गरिएको शिविरमा छालातथा यौन रोग , महिला […]
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।” राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद […]
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै

काठमाडौँ ८ माघ। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ। आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। […]
