जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

काठमाडौँ, पुस ४ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ […]

पूर्खाजित राई आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा चयन

बुटवल । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ । चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् । महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी […]

नवलपरासीको सुनवल १३२ केभी सबस्टेसन सञ्चालन आएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको हो। हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप […]

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच […]

नवलपरासीका उखु किसानले प्रतिक्वीन्टल रु ५२० रुपैया पाउने

नवलपरासी, ४ पुस । पश्चिम नवलपरासीमा उखु किसानहरुलाई तत्कालका लागि प्रतिक्वीन्टल रु ५२० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् । यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार (सन्तु) को पहलमा उद्योग सञ्चालकसंग भएको छलफलका आधारमा उक्त रकम दिन उद्योगहरु तयार भएका हुन् । सरकारले उखुको समर्थन मुल्य तोकि […]

धादिङ केन्द्रबिन्दुर भएर भूकम्पको धक्का 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं, पुस ४ । धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । […]

मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट

काठमाडौ । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए । विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् […]

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक […]

लागुऔषध मुद्दामा फरार प्रतिबादी नारायण बस्याल पक्राउ

रुपन्देही । लागुऔषध ब्राउन सुगर मुद्दामा पाँच वर्ष कैद फैसला भई पाँच बर्षदेखी फरार रहेका ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्ने प्रतिबादी जिल्ला रुपन्देही कञ्चन गाँउपालिका – ४ वस्ने वर्ष २६ को नारायण बस्याल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सम्मानित जिल्ला अदालत रुपन्देहीले रु.१०,०००/- जरिवाना भई छुटेकोमा सम्मानित उच्च अदालत बुटवल तुल्सीपुर […]

राष्ट्रपतिद्वारा सरकार गठनको आह्वन

काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर पुस १० गतेभित्र दावी पेश गर्न आह्वान गरेकी हुन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा […]