राष्ट्रपतिद्वारा सरकार गठनको आह्वन

काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर पुस १० गतेभित्र दावी पेश गर्न आह्वान गरेकी हुन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा […]
समानुपातिक सांसदहरुले पाए प्रमाणपत्र (तस्बिरहरु)

काठमाडौँ, पुस ३ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र दिइएको छ । आयोगले आइतबार केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई तथा शुभकामना दिएका छन् । प्रतिनिधिसभातर्फ ११० र […]
तनहुँको आँबुखैरेनीमा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ, पुस ३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चौडा पार्ने क्रममा आइतबार बिहान करिब १० बजेतिर सडक भाँसिएको हो । भाँसिएको उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको जिल्ला […]
जापानमा एक नेपालीको मृत्यु

जापान, पुस ३ । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका हुन् । रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका भोजपुर -४ का राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् […]
नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

महेश सिंह सिरहा, ३ पुष । नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरिएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो। नेपाल निजामती कर्मचारी संगठनका सिरहा अध्यक्ष राज कुमार रायको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो […]
सिद्धबाबामा सुरुङ मार्ग निर्माण प्रक्रिया थालिदैं

बुटवल । बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले डिजाइन तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको छ । माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले बताएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु […]
बुटवलको लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि

बुटवल । रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो । फाइनलमा बस्नेत र पौडेलको […]
लोक दोहोरी फाटमा प्रकाश र बिनोदले फेरि ल्याए सबैलाई रुवाउने गित ‘पागल मान्छे’…

बुटवल । नेपाली गितसङ्गीतको आकाशमा दिनहँ एकपछि अर्को उत्कृष्ट सिर्जनाहरु बजारमा आइरहेका हुन्छन, सोही क्रममा यतिबेला फेरि एउटा उत्कृष्ट सिर्जना ‘पागल मान्छे’ बजारमा आएको छ। हाम्रो सपना सङ्गीत परिवार दोहा कतारको प्रस्तुति प्रकाश दर्नाल ‘शितल’ को शब्द किसान गाहा मगरको लय पुर्ण सम्योगको उत्कृष्ट सङ्गीत समायोजनमा बिक्रम परियार सुनिता बुढाको सुमधुर आवाजमा सजिएको गित मारुनी […]
स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने: प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, […]
सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं, पुस २ । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज निर्वाचनले बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो। निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखले प्रतिवेदन पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० […]
