काँग्रेस सभापति देउवाले बोलाए पार्टीका सांसदलाई बालुवाटारमा

काठमाडौं, पुस २ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् । कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा देउवाले नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन आज (शनिबार) दिउँसो […]
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, पुस २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो । नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल […]
परासीस्थित पृथ्वी चन्द्र जिल्ला अस्पतालमा पीडितहरु आन्दोलित, नुरूलहोदा र गुप्तालाई जिप्रकामा बुझाईयो

परासी । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा फेरि एक नवजात शिशुको मृत्यु भएको छ । गर्भवती महिलाको शल्यक्रियाको क्रममा शिशुको मृत्यु भएको छ, भने आमाको अवस्था गम्भीर रहेको छ । जिल्ला अस्पताल पृथ्वी चन्द्रमा यस्ता किसिमको घटना दोहोरिएको छ । रामग्राम – २ की गर्भवती महिलाको शल्यक्रियाका क्रममा बच्चाको मृत्यु भएको हो । पीडित महिलाका […]
भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाइने

काठमाडौँ, पुस १ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यो पटक पनि घटेर […]
चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा कक्षा शुभारम्भ(तस्बिर सहित)

नवलपरासी, १ पुस । पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय नवलपरासी प्रतापपुरमा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा विहान ७ बजेबाट सॉझ ६ बजेसम्म चल्ने सिजी पोलिटेक्निकका प्रिन्सिपल शिव हरी ढकालले जानकारी दिए । आज एक कार्यक्रम […]
क्यूआरटी टोली प्रमुख कार्कीले मचाए पर्साको सीमा नाकाहरूमा चन्दा आतंक

रंजित चौरसिया पर्सा, १ पुस । जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोली प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चान्दा आतंक मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू संगसमेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको बिषयमा उजागर भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलीको नाममा एक प्रहरी संगठन […]
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका: सिङ्गै आयोजनामा किर्ते र जालसाजीमा तेब्बर भुक्तानी

काठमाडौँ । संघीयता पक्षधरहरुले धेरै नै प्रचार प्रसार गरेको विषय ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’(स्थानीय तह) भनेर।सबै अधिकार सिंहदरबारमा केन्द्रीकृत गरेर स्थानीय तहलाई अधिकार बिहीन बनाएकोमा धेरे मानिसको आक्रोश मिसिएको थियो । केही अधिकार स्थानीय निकायलाई दिएसँगै जनतामा केही आशा एंव भरोसा समेत सञ्चार भएको थियो । तर, कतिपय स्थानीय निकायले विकास निर्माणका नाममा भएका कतिपय किर्ते […]
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाको पोल्टामा

परासी । अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा रामग्राम नगरपालिका -९ जोकवार (नवलपरासीका) बसन्त थापाले हात पारेको छ । लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले प्रथम पुरस्कार हात पारेका हुन् । बुधबार भएको फाइनल खेलमा भारतको पंजावका कालिचिता पहलवानलाई पराजित गर्दै बसन्त थापा पहिलो भएका हुन् । कालिचिताले दोस्रो स्थानमा […]
नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक जना घाइते

नवलपुर, पुस १ । नवलपुरको देवचुली नगरपालिका – ७ गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । सोही नगरपालिका – १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलका अनुसार आज बिहान ८ बजे देवचुलीको एस मोडमा बाटोमा हिँड्दै गरेका एक स्थानीयलाई गैंडाले आक्रमण गरेर घाइते बनाएको हो । उनको दुम्कौलीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि भरतपुर […]
वायु सेवा निगमको आन्दोलन सहमतिमा टुंगियो

काठमाडौ । नेपाल वायुसेवा निगममा कार्यरत उडान कर्मचारीले गर्दै आएको आन्दोलन व्यवस्थापनसँगको सहमतिपछि टुंगिएको छ। आफ्नो सेवा निरन्तरताको माग राख्दै केही दिनदेखि आन्दोलनरत उडान कर्मचारी र निगम व्यवस्थापकबीच बिहीबार सहमति भएपछि अन्दोलन टुंगिएको हो। निगम व्यवस्थापक समितिले हाल करारका कर्मचारीलाई नवीकरण गरेको छ भने समितिले बाँकी समस्या हल गर्न अध्ययन समिति समेत बनाएको जानकारी दिएको […]
