तनहुँमा मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु

तनहुँ, मंसिर २९ । तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद हुँदा श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई ढुंगाले टाउकोमा हिर्काएकी थिइन् । प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर घाइते बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा उपचारका क्रममा राति […]
देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी शुभारम्भ : कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने

रूपन्देही, मंसिर २९ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारीको सेवा थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरण सहयोग पुग्ने गरी कर्मचारीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशका मन्त्रालयमा कार्यरत कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा उपलब्ध गराउने […]
एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले नवलपुरको कावासोतीमा गरिन् अभिमुखीकरण

नवलपुर, मंसिर २९ । नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमणविरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमणविरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् । खातुनले एसिड आक्रमण विशेष गरी किशोरीहरुमाथी हुने गरेको बताईन् । उनले किशोरावस्थामा अपराधिक मानसिकताका युवाले युवतीको सुन्दरताको लालचमा पर्ने र किशोरीबाट […]
विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौ । जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल […]
तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थानको मौसम?

काठमाडौं । पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन। आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न […]
म अब सरकारको नेतृत्व गर्छु, ०४७ सालदेखिको भ्रष्टाचार छानविन हुन्छः प्रचण्ड

पोखरा,मंसिर २९ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरो शैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको […]
निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै आयोग, नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम […]
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र […]
नेहा चौधरीका श्रीमान् डा.पंकज चौधरी पक्राउ

महोत्तरी, मंसिर २८ । घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा परेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । श्रीमान् चौधरीविरुद्ध नेहाले एक […]
तनहुँको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

तनहुँ, मंसिर २८ । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ । सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न […]
