पुस ५ गतेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

चितवन, मंसिर २८ । पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी रहेकोले सवारी साधन रोकेर पुल निर्माणका काम गर्न लागिएको हो । यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन […]
आज लुम्बिनी प्रदेशको स्थायी राजधानीको औपचारिक उद्घाटन

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले कार्यक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ […]
आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले […]
विश्वकप फुटबल: दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं, मंसिर २८ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने भएका छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो। मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो […]
क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ, मंसिर २८ । लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर […]
वामपन्थीहरू सरकार बाहिर रहने सम्भावना

काठमाडौ । सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ । गठबन्धन दलहरूका लागि सरकार गठनमा बहुमत नपुग्ने र नेपाली कांग्रेसले साना दलहरूलाई समेटेर वामपन्थीहरूलाई बाहिर राखी सरकार गठन गर्न सक्ने अंक गणित बनेपछि गठबन्धन टुट्ने सम्भावना रहेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे […]
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडाेरको बाग्लुङ–हर्मिचौर खण्ड कालोपत्रे सुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ। बाग्लुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रे गर्न लागिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले जनाएको छ। बाग्लुङ नगरपालिका– १ मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलदेखि हर्मिचौरसम्मको ४४ किलोमिटर […]
नेत्र किक्रम चन्द ‘विप्लव’ले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं, मंसिर २७ । विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलवार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ । ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता […]
इलाम क्षेत्र – १ मा पुन: मतदानको माग गर्दै, खनालद्वारा सर्वोच्चमा रिट

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै मंगलबार रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी […]
थारु र मुस्लिमलाई मधेशीबाट हटाउने मधेशी आयोगको निर्णय

काठमाडौ । मधेशी आयोगले थारु र मुस्लिम लाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ । आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा: विजयकुमार दत्तले बताएका छन् । मधेशी आयोगले गरेको […]
