करोडौं करोड खर्च गरी जितिने दाउमा सिंगासन साह कलवार

वीरगंज, १ मंसिर । पर्सा जिल्लाको क्षेत्र नं. ४ को “ख” बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका सिंगासन साह कलवार मतदानको दिन नजिकिदै गर्दा उनी आत्तिन थालेका छन् । जसपा–एमालेका साझा उम्मेदवारको रुपमा रहेका कलवारलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका जालिम मियाँले आन्तरिक रुपमा असहयोग गर्न थालेपछि उनी आत्तिन पुगेको स्रोतले जनाएको छ । कलवारको […]
अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ : चौधरी

नवलपरासी, मंसिर १ । नेपाली काङ्ग्रेसबाट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन् । नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार चौधरीले महिलाई र युवाहरुलाई उधमी बनाउँदै बेरोजगारीको रोगलाई निर्मुल पारिने बताए । उनले […]
गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग

रुपन्देही, मंसिर १ । गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ । खाँणको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाँणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो […]
डोटीमा मतदान अधिकृत सवार जीप दुर्घटना

डाेटी, मंसिर १ । डोटीमा निर्वाचन सामाग्री बाेकेर जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । बिहीबार बडीकेदार गाउँपालिका – ५ अत्तरकाँडामा जीप दुर्घटना भएको हो । दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखाेला घाइते भएका छन् । उनकाे अवस्था सामान्य रहेकाे छ । जिल्ला प्रहरी कार्यालय डाेटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र […]
कचनकवलको घेराबारीमा हात्ती मृत फेला

झापा १ मंसिर । यहाँको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि […]
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, मंसिर १ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले बुधबार नेपालका लागि पनि मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ । त्यस्तै, डिजेलमा भने एक रूपैयाँ […]
हराएको बालक म सँग छ भनि सामाजिक संजालमार्फत रकम माग्ने व्यक्ती कारागार चलान

नवलपरासी, मंसिर १ । हराएको बालक म सँग छ भनि सामाजिक संजाल मार्फत रकम माग्ने व्यक्ती कारागार चलान भएका छन् । गत असार १५ गते जिल्ला नवलपरासी (बर्दघाट- सुस्ता पूर्व) विनयी त्रिबेणी गा.पा. वडा नं. ७ शिवपुरगढीका २१ महिनाको बालक प्रज्वल थापा आफ्नै घरको आगनबाट हराएका थिए । प्रज्वलका अभिभावकले उनको खोजतलासका लागि सामाजिक संजाल […]
बिनोद चौधरी हराउन सक्रिय बिक्रम खनालको गोप्य योजना बाहिरियो

परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ । चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी (अडियो) बाहिरिए पछि त्यो भाइरल भएको छ । खनालले आफनो घरमै […]
मरणोपरान्त अंगदान गर्ने पर्यटनमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं, मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो मृत्यु पश्चात् शरीरका विभिन्न अंग जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । मन्जुरीनामामा भनिएको छ,‘मेरो मृत्यु पश्चात् मेरो शरीरबाट मृगौला, मुटु, […]
आज मध्यरातिदेखि देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

काठमाडौं, मंसिर १ । सरकारले आज मध्यरातिदेखि देशभर मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध गरिएको मौन अवधिमा मादक […]
