ट्रककाे ठक्करबाट रुपन्देहीका पत्रकार एनबी कंडेलको निधन

बुटवल, मंसिर ३ । रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को ट्रकको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको कंडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिँदा उनको […]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७२ घण्टाको लागि नेपाल–भारत सीमा नाका बन्द

वीरगञ्ज २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७२ घण्टाको लागि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशबीचको सहमति अनुसार बिहीबार राति १२ बजेदेखि ७२ घण्टाको लागि सिमा नाका बन्द गरिएको हो । निर्वाचनको बखत विभिन्न […]
कैलालीमा एक घरमा आगलागी

कैलाली, मंसिर २ । कैलालीको घोडाघोडी नगरपालिका – ४ स्थित एक घरमा आगलागी भएको छ । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्न प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दीपक मनाङेलाई आयोगले तोक्यो २५ हजार जरिवाना

काठमाडौं, मंसिर २ । निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ । मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको […]
वीरगञ्जबाट १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

वीरगञ्ज, मंसिर २ । वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका – १८ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेका छन् । बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारलाई वीरगञ्ज […]
निर्वाचन आचारसंहिता विपरित स्थिर अवधीमा श्रेष्ठ र सोनलको घरदैलो

बारा, मंसिर २ । निर्वाचन आचारसंहिता विपरित स्थिर अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन् । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले स्थिर अवधिको उल्लंघन गर्दै शुक्रबार बिहान परवानीपुर गाँउपालिका – ३ लिपनीमालमा कार्यकर्तासहित घरदैलो गरेका […]
सट्टेबाजी गरेको आरोपमा त्रिवि क्रिकेट मैदानबाट केही व्यक्ति पक्राउ

काठमाडौं, मंसिर २ । काठमाडौको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले केही दर्शकलाई पक्राउ गरेको छ । नेपाल र युएईबीच जारी खेलमा दर्शक दीर्घामा बसेर बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ । कीर्तिपुर प्रहरी […]
कपिलवस्तुका कश्यप याेग विज्ञानमा पहिलाे पिएचडी धारक

लुम्बिनी, मंसिर २ । विश्वविद्यालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिक बृजेश कश्यपलाई ‘डाक्टर अफ फिलोसोफी’ काे उपाधिले सम्मानित गरेकाे छ । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे जैंन विश्व भारती विश्वविद्यालय राजस्थान सरकारले ‘डाक्टर अफ फिलोसोफी’ काे उपाधिले सम्मानित गरेकाे हो । डा.कश्यपका शोधकार्य लाईफस्टाइल पैरामीटरमा योगले पर्ने […]
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु

काठमाडौं २ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक […]
सुरु भयो स्थिर अवधि, के-के गर्न पाइँदैन ?

काठमाडौं, मंसिर २ । ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, […]
