भक्तपुर, मंसिर ५ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । उनले २ हजार २२८ मत पाएका छन् ।



थापाका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुदेखि नै पछ्याइरहेका छन् । उनले १ हजार ६ सय ३० मत प्राप्त गरेको जानकारी आएको छ ।


भक्तपुर २ बाट ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एमालेका बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।








