चितवन, मंसिर ४ । चितवनमा अपरान्ह ४ बजेसम्म करिब ५७ प्रतिशत मत खसेको छ ।



मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाभर मतदान जारी छ । कुनै मतदान स्थलमा ६० प्रतिशतसम्म मत खसेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको जानकारी दिनुभयो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आजै रातीदेखि मतगणनाको तयारी गरिएको तामाङले बताउनुभयो ।


जिल्लामा कूल एक सय ६२ मतदानस्थल रहेका छन् । यहाँ कूल मतदाता चार लाख आठ हजार तीन सय ४२ छन् ।








